शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

खानेपानी आयोजना सञ्चालन भएपछि मोरङको लेटाङका स्थानीयको दैनिकी सहज

images
शुक्रबार, असार ६ २०८२
images
images
खानेपानी आयोजना सञ्चालन भएपछि मोरङको लेटाङका स्थानीयको दैनिकी सहज

पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्दै आएको समला क्षेत्रमा खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा थिए। यसअघि सञ्चालनमा आएको लुमाई खानेपानीले माग धान्न नसकेपछि स्थानीयवासी सुक्खायाममा कुवा र खोल्सामा धाउन बाध्य भएको स्थानीय राजविक्रम राई बताउँछन्।

images
images

मोरङ- मोरङ लेटाङ नगरपालिका-७ समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ। समलामा खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयको दैनिकी सहज बनेको हाे।

images
images
images

पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्दै आएको समला क्षेत्रमा खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा थिए। यसअघि सञ्चालनमा आएको लुमाई खानेपानीले माग धान्न नसकेपछि स्थानीयवासी सुक्खायाममा कुवा र खोल्सामा धाउन बाध्य भएको स्थानीय राजविक्रम राई बताउँछन्।

images
images

लेटाङ नगरपालिकामार्फत ३४ लाख रुपैयाँ लागतमा समला डाँडामा खानेपानीको ट्यांकी निर्माण गर्नाका साथै खानेपानीको मुहान कालीखोलादेखि ट्यांकीसम्म करिब ६ किलोमिटर क्षेत्रमा पाइपलाइन जडान गरिएको थियो।

images
images
images

पाइपलाइन जडान गरे पनि ट्यांकीबाट गाउँटोलसम्म धारा वितरण हुन सकेको थिएन। यद्यपि चालु आर्थिक वर्षमा लेटाङ नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेपछि स्थानीयको समेत लागत सहभागितामा टोलटोलसम्म पाइप लाइन विस्तार गरिएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिइन्।

समला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमकुमार राईका अनुसार खानेपानीको ट्यांकीबाट करिब तीन हजार मिटर पाइपलाइन विस्तार गरी विभिन्न टोलामा १३ वटा धारा पुर्‍याइएको छ। समला क्षेत्रका पँधेरे, गरगरे, तीनपाटा, भीरगाउँ, कार्तिके, गहिरी टोल, डाँडाटोल र लाम्टेका गरी ५७ घरधुरीलाई पुग्नेगरी धारा वितरण गरिएको हो।

पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको समलामा रहेको खानेपानीको निकै ठूलो समस्या समाधान भएपछि अब पर्यटन विकासले पनि गति लिने उनको अपेक्षा छ। रासस 


प्रकाशित : शुक्रबार, असार ६ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend