आइतबार, मंसिर ९ गते २०८१    
images
images

टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान

images
मंगलबार, फागुन ३ २०७८
images
images
टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान

त्यहाँ १८ सय मिटर धावनमार्ग बनाएर देखाउने उनले बताए।

images
images

दाङ- दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ। तुलसीपुर उद्योग वाणिज्य सघंले उक्त अभियान सुरु गरेको हो।

images
images
images

विमानस्थल विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै विमानस्थल विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए। 'राज्यले विमानस्थल विस्तारमा कुनै चासो देखाएन', उनले भने, 'त्यसैले हामीले जसरी पनि यहाँको विमानस्थल विस्तार गरेर देखाउँछौँ, त्यसका लागि जति सकिन्छ, एक रुपैयाँ भए पनि हाम्रो खातामा जम्मा गरिदिनुहोला।'

images

विमानस्थलको धावनमार्ग विस्तार गर्न सकिने र त्यसमा कुनै समस्या नहुँने भन्दै विमानस्थल विस्तारको सम्भावना रहेको उनले बताए। उनका अनुसार अहिले वन कार्यालय, त्यहाँको समुदायलगायतसँग छलफल गर्नुका साथै प्राविधिकसँग परामर्श गरिरहेको भन्दै केही दिनमा त्यहाँ धावनमार्ग विस्तार गरेर देखाउने तयारी रहेको छ। त्यहाँ १८ सय मिटर धावनमार्ग बनाएर देखाउने उनले बताए। त्यसका लागि सघंले अहिले विभिन्न सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया गरिरहेको छ। 

images

आर्थिक सङ्कलनका लागि तुलसीपुर उद्योग वाणिज्य सघं विमानस्थल नाममा राष्ट्रिय वाणिज्य बैंकमा ४१६०१०००००००७००६ नम्बर खता सञ्चालनमा ल्याएको छ। खातामा स्वेच्छिकरूपमा रकम जम्मा गर्न समेत अध्यक्ष चालिसेले सबैलाई अनुरोध गरेका छ। 'देश-विदेशमा बस्ने सबैले विमानस्थल विस्तारका लागि सहयोग गर्नुहोला', उनले भने, 'हामी तपाईँको सहयोगले नै विमानस्थल विस्तार गर्नेछौँ।' सोही खातामा सघंका अध्यक्षले ५१ हजारको चेक हस्तान्तरण गरेर खुत्रुके अभियान सुरु गर्नुभएको हो। 

सांसदहरू प्रतिवद्ध 

संघले सोमबार दाङको पश्चिम क्षेत्रका सांसदहरूसँग अन्तक्र्रिया गरेको छ। सोही अवसरमा सांसदहरूले प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी र राष्ट्रियसभा सदस्य कोमल वलीले विमानस्थल विस्तारमा हातेमालो गर्ने बताएका थिए। यसअघि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’को नेतृत्वमा गएको दाङका सांसदको टोलीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई ध्यानाकर्षण गराएको थियो। 

साथै उक्त विमानस्थल विस्तारका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने संघका अध्यक्ष चालिसेले बताए। उनले यहाँको विमानस्थलको धावनमार्ग ७५० मिटर लम्बाइ र ३० मिटरमात्रै चौडाइ हुँदा सानो जहाजमात्रै बस्दै आएको छ। सानो जहाज बस्दा नौ हजारको हाराहारीमा भाडा तिर्नुपर्ने अवस्था छ।

यदि धावनमार्ग विस्तार गरे ठूलो जहाज बस्न सक्ने र सस्तो भाडामा दाङ-काठमाडौँ आवतजावत गर्न सकिने अध्यक्ष चालिसेको भनाइ छ। अहिले टरिगाउँ विमानस्थलमा शुक्रबार र शनिबारबाहेक अन्य दिनमा उडान भर्दै आएको छ।

२०११ मा उक्त विमानस्थल सञ्चालनमा आएको हो। यसबीचमा पटक-पटक बन्द हुने र सञ्चालन हुने प्रक्रिया चलिरहह्यो। जसबाट २०१३ देखि २०४२ सम्म घाँसेमैदान छँदै दैनिक नियमित विमान सञ्चालन भएको थियो। २०४३ मा बन्द भएको हवाईसेवा २०४८ मा फेरि सुरु भएको थियो। फेरि २०५४ मा बन्द भएर २०५९ पुनः सञ्चालनमा आएको थियो। त्यसपछि २०६३ मा पुनः बन्द भएको विमान सेवा २०७६ देखि नियमित उडान भइरहेको हो। रासस


प्रकाशित : मंगलबार, फागुन ३ २०७८०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend