काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्री स्तरीय निर्णय गर्दै याक एन्ड यती होटलको इजाजत वर्गीकरण रोक्ने, क्यासिनो सञ्चालन बन्द गराउने र होटल समेत बन्द गर्ने निर्णय गरेका थिए।
मन्त्री आलेले २६ माघमा यो निर्णय गरेका थिए। होटलले लामोसमय समम क्यानिसो सञ्चालन वापतको रकम भुक्तानी नगरेको र अदालतबाट समेत होटलले नै क्यासिनो सञ्चालन वापतको रकम भुक्तानी गर्नु पर्ने आदेश कार्यान्वयन भन्दै होटल बन्द गर्ने निर्णय गरेका थियो।
सोही निर्णय अनुसार गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्णय कार्यान्यवन गराउने पत्र गरेको थियो। यो मुद्दा न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा रहेको छ।