शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

विद्युत कटौतीले वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा, दैनिक आठ घण्टा 'लोडसेडिङ'

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ६ २०८२
images
images
विद्युत कटौतीले वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा, दैनिक आठ घण्टा 'लोडसेडिङ'

नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले माग र आपूर्तिबीच सन्तुलन नहुँदा केही समय कटौती भए पनि उद्योगी/व्यवसायीले भनेजस्तो आठ घण्टा नै विद्युत भार कटौती नभएको दाबी गरे।

images
images

काठमाडौं- अघोषित विद्युत भार कटौती र विद्युत कटौतीको समस्याले वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योगधन्दा समस्यामा परेको वीरगञ्जका उद्योगी/व्यवसायीले गुनासो गरेका छन्।

images
images
images

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले औद्योगिक करिडोरमा दैनिक औषतमा आठ घण्टाभन्दा धेरै विद्युत कटौती हुँदै आएको बताए।

images
images

'बारा पर्सा औद्योगिक करिडोरमा विद्युत आपूर्तिमा समस्या छ। औसत दिनको आठ घण्टा अघोषित विद्युत भार कटौतीको सामना गर्दै आएका छौँ', उनले भने, 'यहाँ दिनको १०-१२ पटक ट्रिपिङ हुन्छ। जसले गर्दा यस क्षेत्रका उद्योगले आफ्नो क्षमताको ३०/३५ प्रतिशत उत्पादनमात्र गर्न सकेका छन्।' 

images
images
images

अध्यक्ष गौतमले २०७५ सालमा औद्योगिक क्षेत्रको विद्युत भार कटौतीमुक्तको घोषणा गरी नेपालभरि हर्षोल्लास मनाइएको छ-सात वर्ष नबित्दै पुनः पूर्ववत् अवस्थाझैँ विद्युत भार कटौती हुन थालेपछि उद्योगी/व्यवसायीलगायत सर्वसाधारणमाझ चिन्ता बढेको जनाएका छन्।

'यस क्षेत्रमा सिमेन्ट, फलाम र स्टिल, पशुदाना, खाद्यान्न, औषधि, चुरोट आदिसहित करिब १ हजार २ सय उद्योग छन्। उद्योगका लागि विद्युत कच्चा पदार्थ हो। विद्युत नभइ उद्योग सञ्चालन हुन सक्दैन। यस क्षेत्रमा सहज विद्युत आपूर्ति नभएकाले त्यसको असर मुलुकको अर्थतन्त्रमा नै नकारात्मक रुपमा परिरहेको छ', अध्यक्ष गौतमले भने।

विद्युत आपूर्तिमा भएको हेलचक्र्‍याइँका कारण उद्योग प्रतिष्ठानको करोडौँ रकमको औद्योगिक उपकरण खराब भइरहेको संघले विज्ञप्तीमार्फत दाबी गरेको छ। 

नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले माग र आपूर्तिबीच सन्तुलन नहुँदा केही समय कटौती भए पनि उद्योगी/व्यवसायीले भनेजस्तो आठ घण्टा नै विद्युत भार कटौती नभएको दाबी गरे।

'अत्यधिक गर्मीले माग र आपूर्तिबीच ताममेलमा केही समस्या छ', उनले भने, 'सो समस्या समाधानका लागि आवश्यक प्रयास गरिरहेका छौँ।'

यो करिडोरमा दैनिक औषतमा ३ सय मेगावाट विद्युत आवश्यक पर्ने बताइन्छ। 


प्रकाशित : शुक्रबार, असार ६ २०८२१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend