शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

दब्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

images
शुक्रबार, असार ६ २०८२
images
images
दब्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

करिडोर अवरुद्ध हुँदा बागलुङ सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गंगाराम विकले बताए।

images
images

बागलुङ- बागलुङ नगरपालिका-१० दब्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ। बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दब्याङमा सडक बगाएको हो।

images
images
images

सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ। करिडोर अवरुद्ध हुँदा बागलुङ सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गंगाराम विकले बताए।

images
images

करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारीसाधनसमेत बाटोमै थन्किएका छन्। कालोपत्र गर्ने काम चलिरहेको बागलुङ-बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर भत्काएको छ।

images
images
images

कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने प्रहरी सहायक निरीक्षक विकले बताए। रासस 


प्रकाशित : शुक्रबार, असार ६ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend