शनिबार, साउन १२ गते २०८१    
images
images
images

असोज १ गतेबाट गुण एयरलाइन्सले उडान सुरु गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
images
images
असोज १ गतेबाट गुण एयरलाइन्सले उडान सुरु गर्ने

निजी हवाई सेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले असोज १ गतेबाट आन्तरिक उडान गर्ने भएको छ। सिम्रिक एयरलाइन्सको नाम परिवर्तन भएको गुण  एयरलाइन्सले आन्तरिक उडान सुरु गर्न लागेको हो। 

images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले असोज १ गतेबाट आन्तरिक उडान गर्ने भएको छ। सिम्रिक एयरलाइन्सको नाम परिवर्तन भएको गुण  एयरलाइन्सले आन्तरिक उडान सुरु गर्न लागेको हो। 

images
images

एयरलाइन्सले दुई वटा बिचक्राफ्ट र यतीसँग खरिद गरेको ५ वटा जेट स्ट्रीम जहाजमार्फत उडान सुरु गर्न लागेको हो।एयरलाइन्सले टिकट बुकिङसमेत सुरु गरेको एयरलाइन्सका प्रवक्ता एवम् बजार तथा बिक्री प्रमुख प्रज्वल थापाले बताए।

images

सुरुवातमा काठमाडौंबाट पोखरा, भरतपुर (चितवन) को उडान सुरु हुने उनले जानकारी दिए। केही समयपछि भने सिमरा, भैरहवा, तुम्लिङटार जनकपुर, नेपालगन्ज, सुर्खेत र  विराटनगरमा उडान गर्ने उनले बताए।


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend