बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

हवाई यात्रामा डिजिटल टिकट काम नलाग्ने, प्रिन्ट नै देखाउनु पर्ने

प्रहरी भन्छः असुरक्षा बढ्यो,  विमानस्थल कार्यालय भन्छ प्रिन्ट अनिवार्य छैन

images
मंगलबार, फागुन ३ २०७८
images
images
हवाई यात्रामा डिजिटल टिकट काम नलाग्ने, प्रिन्ट नै देखाउनु पर्ने

तर विमानस्थल कार्यालयका प्रमख भोला गुरागाईले भने डिजिटल टिकटलाई मान्याता दिने निर्णय नभएको बताए।

images
images

काठमाडौ‌- हवाई यात्रा गर्ने यात्रुले अब अनिर्वाय रुपमा प्रिन्ट टिकट बोक्नु पर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलममा खटिएका प्रहरीले डिजिटल टिकटलाई मान्यता नदिने भन्दै यात्रुसँग प्रिन्ट टिकट माग्न थालेको हो।
जसका कारण विमानस्थल प्रवेशमा भिडभाड देखिएको छ।

images
images

तर विमानस्थल कार्यालयका प्रमख भोला गुरागाईले भने डिजिटल टिकटलाई मान्याता दिने निर्णय नभएको बताए।
पीएनआर नम्बर मात्रै भएको हकमा प्रिन्ट अथवा डिजिटल टिकट माग्ने काम भएको प्रहरीबाट सूचना आएको बताए।

images
images

विमानस्थल प्रहरी प्रमुख एसएसपी भिम ढकालले भने हवाई यात्रामा अनिर्वाय प्रिन्ट टिकट बोक्नु पर्ने बताए।एयरलाइन्स कम्पनी, नागरिक उड्डयन तथा सरोकार निकायको छलफलबाट यस्तो निर्णय भएको जानकारी दिए।

images
images

प्रहरी प्रमुख ढकाललाई किन प्रिन्ट टिकट भनेर सोधेको थियौं। उनको भनाइ जस्ताको तस्तैः

मान्छेका मोबाइल कसैको सानो हुन्छ, कसैकोक ठुलो हुन्छ। सुरक्षामा बस्नेलाई हेर्ने ग्राहो भयो। अर्को विषय मोबाइल देखाउँदै यात्रा नगर्ने मान्छे पनि छिर्न थाले।

पास नभएका तथा यात्रु नभएका पनि। विमानस्थल जस्तो संवेदनसिल ठाउँमा जो पनि फस्दा सुरक्षामा थ्रेट हुन्छ। एयरलाइन्स कम्पनीहरुले टिकट दिने भनेको पनि प्रिन्ट नै दिने हो। उहाँहरुको काउन्टर पनि विमानस्थल बाहिर नै छ।

प्रिन्ट भइदिएको अवस्थामा सुरक्षा पनि प्रभावकारी हुन्छ। पे टिकट होकि होइन वा त्यही दिन को  हो वा होइन हेर्न पनि सजिलो हुने भयो। पुरानै टिकट देखाउँदै झिने पनि फेला पर्न थालेपछि यो नियम लागू गरिएको हो।

के भन्छन एयरलाइन्स कम्पनी


प्रहरीले प्रिन्ट टिकट मागेर यात्रुलाई सास्ती दिएको एयरलाइन्स कम्पनीहरुको आरोप छ। अहिले ८० प्रतिशत भन्दा बढी टिकट अनलाइन काटिन्छ। अनलाइन टिकट काट्नेलाई एयरलाइन्सले टिकट मेल कपी सेन्ट गरिदिन्छ। यात्रुले पनि यात्रामा त्यही मेल कपी डाउनलोड गरी देखाएर यात्रा गरिरहेका हुुन्छ। तर अहिले एक्कासी प्रहरीले डिजिटल टिकटका कारण असुरक्षा बढेको भन्दै गैर जिम्मेवार तर्क गरिरहेको छ। अहिले विश्वभरी नै हवाई यात्रामा डिजिटल टिकट चल्छ।


प्रकाशित : मंगलबार, फागुन ३ २०७८०५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend