सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

२४ अंकले घट्यो सेयर बजार, ११ अर्ब २३ करोडको कारोबार

बिहीबार , असार ५ २०८२
२४ अंकले घट्यो सेयर बजार, ११ अर्ब २३ करोडको कारोबार

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

काठमाडौं- लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइतर्फ लाग्न धरमर गरिरहेको सेयर बजार यो साताको अन्तिम कारोबार दिन पनि ओरालोतर्फै लागेर बन्द भएको छ। साताभर नै ठूलो घटबढ नभइ उही बिन्दु वरपर देखिएको बजारमा बिहीबार भने २४ अंकको गिरावट आएको छ।

बिहीबार २४.७६ अंकले घटेर २६२८.९१ बिन्दुमा ओर्लिएको बजारमा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रूपैयाँको कारोबार भएको छ। आज ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ।

यो साता आइतबार ०.४७ र सोमबार २.७९ अंकले बढेको बजार मंगलबार ३.८९ अंकले घटेर २६५४.७६ बिन्दुमा पुगेको थियो। 

बुधबार पनि बजार १.०८ अंकले घटेर बजार २६५३.६८ बिन्दुमा ओर्लँदा ९ अर्ब ८ करोडको कारोबार भएको थियो।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ।

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , असार ५ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend