बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

आईएमई पे र खल्तीबीच हुने मर्जरमा नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

images
बिहीबार , असार ५ २०८२
images
images
आईएमई पे र खल्तीबीच हुने मर्जरमा नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

आईएमई पे र खल्तीको एकीकृत कारोबारपश्चात आधिकारिकरुपमा कम्पनीको नाम भने आईएमई खल्ती लिमिटेड रहने छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थामध्ये नेपालको पहिलो डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ।

images
images
images

नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोबार हुन लागेको यो नै पहिलोपटक हो। आईएमई पे र खल्तीको एकीकृत कारोबारपश्चात आधिकारिकरुपमा कम्पनीको नाम भने आईएमई खल्ती लिमिटेड रहने छ। यसको रजिस्ट्रार कार्यालय काठमाडौं, पानीपोखरीस्थित रहने छ।संयुक्त कारोबारपश्चात अधिकारिकरुपमा एपको नाम खल्ती रहने छ।

images
images

दुई संस्थाबीच मर्जर हुनु अगाडि आईएमई डिजिटल सोलुसनको ३० करोड र खेल्ती प्राइभेट लिमिटेडको ५ करोड ३३ लाख ३३ हजार चुक्ता पुँजी रहेको छ। उक्त मर्जर तथा एक्सिजिसनको स्वाप अनुपात भने खुलाइएको छैन। यस्तै, मर्जरपश्चात बनेको आइएमई खल्तीको प्रमुख कार्यकारी अधिकृत र अध्यक्षसमेत खुलाइएको छैन।

images
images
images

नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्ररुपमा चल्ने बताइएको छ। जसका लागि दुवै एप आईएमई पे र खल्ती यथावतरुपमा सञ्चालनमा रहने कम्पनीको भनाइ छ। दुवै  वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन्।

खल्ती र आईएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आईएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ। नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नया फिचरमा प्रवेश गर्न सक्नेछन् र आईएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।

संयुक्त कारोबारपश्चात एपको नाम खल्ती भए पनि आईएमई पेमा भएका सबै फिचरहरु त्यहाँ समावेश हुनेछन्। अहिलेसम्म आईएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आबद्ध हुन सक्नेछन्। आईएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन्। यस कार्यबाट खल्ती एप  सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास लिइएको छ।

संयुक्त कारोबारपश्चात यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापकरूपमा प्रयोग हुने मात्र नभइ सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीको रुपमा रहने कम्पनीको छ। डिजिटल भुक्तानी बिस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आईएमई पे र खल्तीबीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोसेढुंगा साबित हुने विश्वास रहेको छ।


प्रकाशित : बिहीबार , असार ५ २०८२१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend