काठमाडौं- मंगलबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने बढेको हो। सोमबार ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९६ हजार ७ सय रुपैयाँ कायम भएको हो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य १३ सय २० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।