शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

३ वर्षदेखि होटल एभरेष्टको इजाजत नवीकरण किन रोकियो?

images
सोमबार, फागुन २ २०७८
images
images
३ वर्षदेखि होटल एभरेष्टको इजाजत नवीकरण किन रोकियो?
images
images

काठमाडौं- २०७२ वैशाख १२ गतेको भूकम्पले सामान्य असर गरेको ‘दी  एभरेष्ट’ होटल वैशाख २९ गतेको पराकम्पनसँगै बन्द हुने अवस्थामा पुग्यो।

images
images
images

होटललाई सञ्चालन गर्न नमिल्ने भन्दै पर्यटन विभागले जेठ ११ गते रातो स्टिकर लगाइदियो। होटल बन्द भयो। बन्द होटल सञ्चालनको विषय लामो सयमसम्म विवाद पर्यो। विवादमा पर्नुको कारण थियो होटल सञ्चालकबीचको विवाद र कर्मचारी कटौतीको निर्णय।

योसँगै होटलले बढी बीमा दाबी गर्दा पनि होटल लामो समयसम्म मर्मत पनि हुन सकेन होटल बन्द नै भयो। अन्तत: कर्मचारीको विवाद र मालिकहरुबीचको विवाद पनि समाधान भयो।

images

होटल मर्मत भयो। मर्मत पछि होटल २०७६ असोज १२ गतेबाट पुनः सञ्चालनमा आयो। काठमाडौंको मध्य सहरमा रहेको दी एभरेष्ट होटल ४ वर्षपछि पुनः सञ्चालन आएको थियो।

images

होटल सञ्चालनमा आएसँगै व्यवस्थापनले २०७५ देखि नवीकरण नभएको तारे वर्गीकरणको इजाजत नवीकरणका लागि पर्यटन विभागमा निवेदन दियो। तर अहिलेसम्म पनि दी एभरेष्ट होटलको इजाजत नवीकरण नभएको पर्यटन विभागको भनाइ छ।

किन भएन होटलको इजाजत नवीकरण

होटल मर्मत पछि सञ्चालनमा आयो। व्यवसायी सुरु भयो। कर्मचारीले पनि काम पाए। होटल व्यवस्थापनले इजाजत नवीकरणका लागि पर्यटन विभागमा आवेदन दिए। तर पर्यटन विभागले होटलको इजाजत नवीकरण गर्न मानेन्।

होटलको इजाजत नवीकरण नहुनमा २ वटा विषय प्रमुख रहेको छ। एउटा होटलले अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन गरेर विभागमा बुझाएको छैन। तारे होटल नवीकरणका लागि यो अहिले अनिर्वाय रुपमा विभागले कडाईका साथ लागु गर्दै आएको छ।

अर्को विषय भने क्यासिनो सञ्चालन बापतको पुरानो रकम भुक्तानी नहुँदा पनि होटलको इजाजत नवीकरण नभएको पर्यटन विभागले जनाएको छ।

होटल एभरेष्टको नाममा क्यासिनो सञ्चालन वापतको पुरानो विभागलाई भुक्तानी गर्नु पर्ने रकम २०७८ असारसम्म १५ करोड ८० लाख ३९ हजार रुपैयाँ भइसकेको छ। यो रकम भुक्तानी नुहुँदा पनि विभागले होटल एभरेष्टको नवीकरण इजाजत रोकिदिएको छ।

होटल एभरेष्टको नाममा जारी भएको क्यासिना लाइसेन्समा रिक्र्रिएसन नेपालले क्यासिनो सञ्चालन गरेको थियो। तर रिक्र्रिएसनले क्यसिनो सञ्चालन गरेवापत सरकारलाई तिर्नुपर्ने रोयल्टी रकम तिरेको थिएन।

उक्त रकम होटलले नै तिर्नु पर्ने भन्दै रिक्र्रिएसले रकम तिरेको थिएन र अहिलेसम्म पनि भुक्तानी भएको छैन। यो विषय अहिले पनि अदालतमै बिचाराधीन छ। विभागले भने होटलले नै क्यासिनो सञ्चालन वापतको रकम भुक्तानी नगर्दासम्म इजाजत नवीकरण नगर्ने बताउँदै आएको छ।

होटल व्यवस्थापनले भने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट बुझाउने क्रममा रहेको जनाएको छ। ‘होटलको इजाजत नवीकरण गर्नका लागि हामी तयारी गर्दै छौं,’ होटलका एक कर्मचारीले भने, ‘ कोरोना लगायतका कारण केही ढिलाई भएको हो। अब हामी सबै प्रक्रिया पुरा गरेर इजाजत नवीकरण गछौं।’

यता पर्यटन विभागले भने वातावारणीय प्रभाव मूल्यांन रिपोर्ट सहित  पुरानो क्यासिनो बक्यौता भुक्तानी नहुँदासम्म होटलको इजाजत नवीकरण नहुने जनाएको छ।


प्रकाशित : सोमबार, फागुन २ २०७८१५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend