बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

विद्यार्थीलाई सीपसँग जाेड्दै स्थानीय तह, विद्यालयमै ‘हाउस वायरिङ’ तालिम

बिहीबार , असार ५ २०८२
विद्यार्थीलाई सीपसँग जाेड्दै स्थानीय तह, विद्यालयमै ‘हाउस वायरिङ’ तालिम

२० दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएका प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए। बेनीका अर्जुन ढुंगानाले घर तथा भवनमा विद्युत जडानसम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजीकरण गरेका थिए।

म्याग्दी- बेनी नगरपालिका-४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’ सम्बन्धी सीप सिकाइएको छ। बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौँ, हामी गर्छौँ) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर तथा भवनमा ‘वायरिङ’ गर्ने सीप सिकाइएको हो।

२० दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएका प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए। बेनीका अर्जुन ढुंगानाले घर तथा भवनमा विद्युत जडानसम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजीकरण गरेका थिए।

तालिममा सहभागी कक्षा ८ का विद्यार्थी जोन पुनले घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सीप हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे। तालिममा सिकेको आधारभूत सीपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैँ स्वरोजगार बन्न पनि सहयोग पुग्ने उनकाे भनाइ छ।

विद्यालय समय सकिएपछि हरेक दिन अपराह्न ४ देखि ६ बजेसम्म विद्यालयमै तालिम सञ्चालन भएको थियो। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न बेनी नगरपालिकाले हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई एक/एक लाखका दरले १६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५ सय जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको नगर प्रमुख सुरत केसीले बताए। रासस 


प्रकाशित : बिहीबार , असार ५ २०८२१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend