शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

आईएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

images
सोमबार, फागुन २ २०७८
images
आईएमई पे र एभरेष्ट बैंकबीच सम्झौता
images
images

काठमाडौं- आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आईएमई पे’ र एभरेष्ट बैंक लिमिटेडबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ।

images
images
images

डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आईएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका वित्तीय सुविधा आईएमई पे एपमा प्रयोग गर्न सक्ने छन्।

images
images

हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आईएमई पेले यस लिंक-अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन्।

images
images

आईएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुविधा अनुसार एभरेष्ट बैंकको खातामा आईएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरि सिस्टमलाई अध्यावधिक गरिएको छ। 

आईएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले सिधै आईएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन्। यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आईएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरि व्यवस्था मिलाइएको छ।


प्रकाशित : सोमबार, फागुन २ २०७८१३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend