सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

नेपाल-पाकिस्तानबीच व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

images
सोमबार, फागुन २ २०७८
images
images
नेपाल-पाकिस्तानबीच व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

अध्यक्ष मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। 

images
images

काठमाडाैं- नेपाल चेम्बर अफ कमर्सले नेपाल र पाकिस्तानबीच व्यापार सहजीकरण गर्न नेपालका लागि पाकिस्तानी राजदूतसमक्ष आग्रह गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि पाकिस्तानी राजदूत शेद हैदर शाहसँगको भेटमा नेपालदेखि कराँचीसम्म सिधा हवाई सेवा सञ्चालन गरी दुई मुलुकबीचको व्यापार सहजीकरण गर्न आग्रह गरेका थिए।

images
images

अध्यक्ष मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। 

images
images

'नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा ३ घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि गर्न सकिन्छ, पर्यटन  विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन्,' अध्यक्ष मल्लले भने।

images
images
images

पाकिस्तानबाट नेपालले अहिले छोकडा, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पललगायत वस्तु आयत गर्दै आएको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागोलगायत बस्तु निर्यात गर्ने गरेको छ। नेपालले पाकिस्तानबाट वार्षिक एक अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको बस्तु आयत गर्ने गरेको छ भने १० करोड चार लाख रुपैयाँ बराबर निर्यात गर्ने गरेको छ।

भेटमा राजदूत शाहले हवाई सेवा सञ्चालनका लागि सरकारी तबरबाटै पहल हुनुपर्ने बताए। उनले नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिए। दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत शाहको भनाइ थियो।


प्रकाशित : सोमबार, फागुन २ २०७८१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend