सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच चिनो खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापनको सहमति

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ४ २०८२
एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच चिनो खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापनको सहमति

उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सबस्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ। यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको नासोङ गाउँपालिकामा ७.८३ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माणका लागि १३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ।

सम्झौतामा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित हो।

परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ र यसका लागि चाइनिज ठेकेदारलाई ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा ठेक्का दिइएको छ।

उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सबस्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ। यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ।

नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद बिक्री सम्झौता २०८२ बैशाखमा सम्पन्न भइसकेको छ।

पंजाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा स्थापित एभरेष्ट बैंकका हाल करिब १४ लाखभन्दा बढी ग्राहकहरू छन्। बैंकको देशभर १३२ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटीएम रहेका छन्।

एभरेष्ट बैंकले अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको छ भने नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिइरहेको छ। बैंकको भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालयहरू छन्।


प्रकाशित : बुधबार, असार ४ २०८२११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend