शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

हिमालय एयरलाइन्सले पुन: सुरु गर्‍यो साउदी अरेबियाको उडान

images
सोमबार, फागुन २ २०७८
images
images
हिमालय एयरलाइन्सले पुन: सुरु गर्‍यो साउदी अरेबियाको उडान
images
images

काठमाडौं- हिमालय एयरलाइन्सले १३ फेब्रुअरी आइतबारदेखि पुन: साउदी उडान सुरु गरेको छ। साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भए पछि हिमालय एयलाइन्सले ९ देखि १२ फेब्रुअरी सम्म साउदी अरेबियाको दमाम र रियादका लागि उडानहरू बन्द गरेको थियो।

images
images
images

साउदी सिभिल एभिएसनले उडान अनुमति दिए पछि १३ फेब्रुअरी आइतबारदेखि पुन: उडान सुरु भएको एयरलाइन्सले जनाएको छ।

९ र १० तारिकका दिन विमानस्थल पुगेका यात्रुहरुको टिकटको पूर्ण रकम फिर्ता र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण समेत गरिएको एयरलाइन्सले जनाएको छ।

images

यसबाहेक १० फेब्रुअरी पछि यी क्षेत्रहरूका लागि अग्रिम टिकट बुक गरेका यात्रुहरूले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एअरलाइन्स्को बिक्री कार्यालयमा सम्पर्क समेत एयरलाइन्सले अनुरोध गरेको थियो।

images


प्रकाशित : सोमबार, फागुन २ २०७८१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend