मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

५० प्रतिशत अनुदानमा कृषकलाई कृषि उपकरण वितरण

images
सोमबार, असार २ २०८२
images
images
५० प्रतिशत अनुदानमा कृषकलाई कृषि उपकरण वितरण

नगरपालिकाले बर्सेनि कृषकलाई शतप्रतिशत अनुदानमा मल, बीउ, तथा अन्य कृषि उपकरण वितरण गर्दै आएको छ।

images
images

सुनसरी- यहाँको बराहक्षेत्र नगरपालिकाले कृषकलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ। 

images
images
images

नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम र कोशी प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममार्फत पावर टिलर, मिनिटिलर र मकै रोप्ने मेसिन वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए।

images
images

उनका अनुसार २३ थान पावर टिलर, २० थान मिनि टिलर र २५ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ। यस्ता उपकरणले कृषकलाई आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो।

images
images
images

उनले भने, 'कृषकहरुले परिश्रम गरिरहेका छन् तर उपकरण अभावले अपेक्षित लाभ लिन सकेका छैनन्, नगरपालिकाले वितरण गरेको यी उपकरणले श्रम गर्न सजिलो बनाउनुका साथै उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ।'

नगरपालिकाले बर्सेनि कृषकलाई शतप्रतिशत अनुदानमा मल, बीउ, तथा अन्य कृषि उपकरण वितरण गर्दै आएको छ। रासस


प्रकाशित : सोमबार, असार २ २०८२१८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend