शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

उत्पादन थाल्ने भएपछि बुद्धभूमीको सेयर खरिदमा चाप, सेयर मूल्य कति सम्म पुग्ला ? (यस्तो छ कम्पनीको वित्तीय विश्लेषण)

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३ २०७८
images
उत्पादन थाल्ने भएपछि बुद्धभूमीको सेयर खरिदमा चाप, सेयर मूल्य कति सम्म पुग्ला ? (यस्तो छ कम्पनीको वित्तीय विश्लेषण)

पछिल्लो समय घटेर पुनः बढ्न थालेको बुद्धभूमीमा सोमबार अन्तिम समयमा एकाएक लगानीकर्ताले सेयर मूल्य बढाएका थिए।

images
images

काठमाडौं- साताको दोस्रो दिन साेमबार सेयर बजार कारोबारको अन्तिम १० मिनेटमा एकाएक लगानीकर्ता बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर खरिदमा झुम्मिए।

images
images
images

जसका कारण सोमबार सबैभन्दा बढी सेयर मूल्य बुद्धभूमीको बढेको थियो। कम्पनीको सेयरमूल्य सोमबार प्रतिकित्ता ५० रुपैयाँले बढेर ६६५ रुपैयाँमा कारोबार भएको थियो।

images
images

८.१३ प्रतिशतले बढेको सेयर ७८१४ कित्ता कारोबार भएको छ। पछिल्लो ५२ हप्तामा न्यूनतम २४६ रुपैयाँसम्म सेयर मूल्य रहेको कम्पनीको अधिकतम ७४४ रुपैयाँसम्म कारोबार भएको थियो। पछिल्लो समय घटेर पुनः बढ्न थालेको बुद्धभूमीमा सोमबार अन्तिम समयमा एकाएक लगानीकर्ताले सेयर मूल्य बढाएका थिए। 

images
images

दुई महिना अगाडि मात्रै कारोबार सुरु गरेको कम्पनीको पहिलो कारोबार न्यूनतम ८४.०५ रुपैयाँदेखि अधिकतम २५२.१५ रुपैयाँ तोकिएको थियो। कम्पनीको २४६ रुपैयाँबाट कारोबार सुरु भएको थियो। बुद्धभूमी नेपालको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार प्रतिसेयर नेटवर्थ ८४.०५ रुपैयाँ रहेको छ।

budha 1.PNG


कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो ताँदी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ। आयोजनाको निर्माण कार्य ९८ प्रतिशतसम्म सम्पन्न भएको भएको छ। आयोजनाको कुल लगात १ एक अर्ब १९ करोड रुपैयाँको अनुमान गरिएको छ। प्रतिमेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ पर्नेछ। 

आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेकाले चालु आर्थिक वर्षदेखि नै आयोजनाले आम्दानी सुरु गर्ने अनुमान गरिएको छ। लक्ष्य अनुसार आयोजनाले आम्दानी सुरु गरेका खण्डमा प्रतिसेयर आम्दानी १६ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। आयोजनाले आफ्नो पूर्णक्षमता अनुसार सञ्चालन भयो भने आर्थिक वर्ष २०८०/०८१ मा प्रति सेयर आम्दानी २०.७५ रुपैयाँ हुने अनुमान गरिएको छ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो। यहि हिसाबले आम्दानी भयो भने कम्पनीले अवको ६ वर्ष भित्रमा साधारण लगानी फिर्ता गर्न सक्ने प्रक्षेपण गरिएको छ। तर आयोजनाको डिस्काउन्टमा फिर्ता हुने अवधि भने झण्डै ९ वर्ष लाग्ने छ।

कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ। ४० करोड रुपैयाँ मध्ये ७० प्रतिशत हिस्सा संस्थापक सेयरधनीहरुको रहेको छ। बाँकी १० प्रतिशत उद्योग प्रभावित क्षेत्र नुवाकोट जिल्ला बासिन्दाका लागि र २० प्रतिशत सर्वसाधारणको रहेको छ।

कम्पनीले नुवाकाेटकाे तल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको विद्युत गृह स्थल नुवाकोटको सदरमुकाम विदुर बाट २६ किमी पूर्वमा तथा खरानीटार बजार बाट ५ किलो मिटरको दूरीमा रहेको छ। आयोजनाको मुख्य संरचनामा हेडवर्क्स दुप्चेश्वर गाउँपालिकाको वडा नं ५ र ६ मा तथा आयोजनाको पावरहाउस पञ्चकन्या गाउँपालिका वडा नं ४ नौटारीमा पर्दछ। आयोजनाको जडित क्षमता ४.९९३ मेगावाट रहेको छ।

 


प्रकाशित : मंगलबार, फागुन ३ २०७८००:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend