सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

भोजपुरमा विद्युत् सेवा विस्तार, टुकीको सहारामा रात कटाउनुपर्ने बाध्यता हट्यो

images
सोमबार, असार २ २०८२
images
images
भोजपुरमा विद्युत् सेवा विस्तार, टुकीको सहारामा रात कटाउनुपर्ने बाध्यता हट्यो

केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखिको टुकीको सहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

images
images

भोजपुर- भौगोलिकरुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका-१० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ। विगतमा टुकी बत्तीको भरमा रात कटाउँदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो।

images
images
images

केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखिको टुकीको सहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौँदेखि टुकी तथा सोलारको उज्यालोमा जीवन गुजारा गरिरहेको अवस्थामा विद्युतको केन्द्रीय लाइन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी सिंहबहादुर तामाङले बताए।

images
images

विद्युत् विस्तारले उज्यालोसँगै कुटानी, पिसानी तथा दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ। अँध्यारोमा रात काट्नुपर्ने अवस्थामा अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण निर्माण भएको उनको भनाइ छ।

images
images
images

'अँध्यारोमा रात कटाइरहेको अवस्थामा केन्द्रीय विद्युत् लाइन जडान भएको छ', उनले भने, 'हाम्रो क्षेत्र भौगोलिकरुपमा निकै विकट भए पनि वडाले खेलेको भूमिकाका कारण बत्ती बल्यो। विद्युत्ले दैनिक जीवनयापनमा सहजता छ। ढिलै भए पनि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ।'

दुर्गम क्षेत्र भए पनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी निर्मा शेर्पाले बताए। विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिनसक्ने अवस्था बनेको उनको भनाइ छ।

'विद्युतले हाम्रो दैनिकी फेरिदियो', उनले भने, 'विद्युत् नहुँदा दैनिकी निकै कष्टकर थियो। विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ। राज्य तहबाट भएको यो काम प्रशंसायोग्य छ। वडाको सक्रियतामा भएको विद्युत् विस्तारको काम उदाहरणीय छ।'

भौगोलिकरुपमा विकट रहेकाले धेरै प्रयासपछि यहाँका ८५ प्रतिशत नागरिकमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष पेमदोर्ची शेपाले बताए। निर्वाचनमा स्थानीयलाई विद्युतको उज्यालोमा राख्छु भनेर गरेको प्रतिबद्धता पूरा हुने चरण पुगेको उनको भनाइ छ। आफू वडाको जिम्मेवारीमा आउँदा केही स्थानमा मात्र विद्युत् पुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ।

'म वडाको जिम्मेवारी आउँदा यहाँको केही स्थानमा मात्र विद्युत् पुगेको अवस्था थियो', वडाध्यक्ष शेर्पाले भने, 'अहिले ८५ प्रतिशत क्षेत्रमा विद्युत् विस्तार गर्न सफल भएका छौँ। बाँकी ठाउँमा पनि धमाधम विस्तारको काम गरिरहेका छौँ। अब चाँडै नै उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ।'

सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत् विस्तारमा प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ। नौ सय ४१ घरपरिवार रहेको यो वडाको कुल जनसङ्ख्या तीन हजार दुईसय ८३ रहेको छ। रासस 


प्रकाशित : सोमबार, असार २ २०८२११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend