सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

चलनचल्तीमा ल्याइयो महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका १० रुपैयाँको नयाँ नोट, यस्तो छ विशेषता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २ २०८२
चलनचल्तीमा ल्याइयो महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका १० रुपैयाँको नयाँ नोट, यस्तो छ विशेषता

नोटमा गभर्नरको दस्तखत रहने स्थानमा यसअघिका गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। 

१० रुपैयाँ दरको साविककै आकार तथा रंगमा संकेत नं. ३२०००००१ देखि १९४९९९९९९ सम्म, 'नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ' भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट ल्याइएको राष्ट्र बैंकले जनाएको छ। 

नोटमा गभर्नरको दस्तखत रहने स्थानमा यसअघिका गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा 'वि.सं. २०८१' लेखिएको छ।

नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजी अक्षरमा 'रुपिज टेन' लेखिएको छ।


प्रकाशित : सोमबार, असार २ २०८२१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend