सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

बिजुलीबाट चल्ने जहाजको इन्जिन बनाउँदै रोल्स रोयस 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २ २०७८
images
images
बिजुलीबाट चल्ने जहाजको इन्जिन बनाउँदै रोल्स रोयस 

'हामी प्रविधिप्रति विश्वस्त छौं। तर अहिलेका लागि हामीले यसमा अर्थपूर्ण आर्थिक प्रभाव पार्न सक्छनुपर्छ। यसमा सकेसम्म लगानी बढाउनुपर्छ' उनले भनेका छन्। 

images
images

काठमाडौं-  इन्जिन निर्माता कम्पनी रोल्स रोयसले बिजुलीबाट चल्ने इन्जिन बनाउने भएको छ। एयरबस, बोइङ जस्ता चल्तिका जहाज निर्माता कम्पनीका लागि इन्जिन बनाउँदै आएको रोल्स रोयसले अब बिजुलीको पावरबाट चल्ने इन्जिन पनि विकास गरिरहेको बताएको छ। 

images
images

कम्पनीले अहिले बिजुलीबाट सञ्चालन हुने ब्याट्री विकास गरिरहेको छ। सिंगापुरमा जारी एयर शोमा रोल्स रोयसको इलेक्ट्रिकल विभाग प्रमुख रोस वाट्सनले अन्तर्वार्तामा दिएको जानकारी अनुसार ६०० किलोवाट प्रतिघण्टा क्षमताको इन्जिन बनेको छ। यो इन्जिनले अहिलेका लागि ६ देखि ८ जना यात्रुलाई ८० नटिकल माइलसम्मको दूरी पार गराउनसक्ने क्षमता राख्छ। 

images
images

ब्याट्री प्रविधिमा हुने विकासले गर्दा यो रेन्जमा सुधार हुने वाट्सनको विश्वास छ। सन् २०५० सम्म २५० माइलसम्मको यात्रा तय गर्नसक्ने क्षमतामा आउनसक्ने विश्वास गरिएको छ। 

images
images
images

'हामी प्रविधिप्रति विश्वस्त छौं। तर अहिलेका लागि हामीले यसमा अर्थपूर्ण आर्थिक प्रभाव पार्न सक्छनुपर्छ। यसमा सकेसम्म लगानी बढाउनुपर्छ' उनले भनेका छन्। 

निकट भविष्यमै ८ देखि १८ सिट क्षमताका जहाजहरू पूर्ण विद्युती इन्जिनबाट उड्न सम्भव हुने उनको विश्वास छ। यद्यपि न्यारोबडी जहाजका लागि पनि यो सम्भव देख्दैनन् वाट्सन्। सयौं यात्रु र  हजारौं माइलको दुरी पार गर्नसक्ने क्षमताको सम्भावना अहिलेको व्याट्री प्रविधिबाट नदेखिएको उनको मत छ। 

कारसमेत निर्माण गरिरहेको रोल्स रोयसको विद्युतीय इन्जिन प्रणाली एयर ट्याक्सीमा समेत उपयोग हुनसक्ने देखिएको छ। भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ प्रविधिमा जहाज निर्माण गरिरहेका कम्पनीहरूले रोल्स रोयसको इन्जिन अहिले नै अर्डर गर्न थालिसकेका छन्। 


प्रकाशित : सोमबार, फागुन २ २०७८११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend