सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

छ महिनामै घुमफिरका लागि बाहिरियो १२ अर्ब, विदेशी पर्यटकबाट १० अर्ब आम्दानी 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २ २०७८
images
images
छ महिनामै घुमफिरका लागि बाहिरियो १२ अर्ब, विदेशी पर्यटकबाट १० अर्ब आम्दानी 
फाइल तस्बिर

पुस महिनामा मात्र नेपालीहरुले घुमफिरका लागि भन्दै २ अर्ब विदेश लिएका छन्।  

images
images

काठमाडौं- कोरोना महामारीको प्रभावपछि पर्यटनले गति लिन थालेपछि विदेशी पर्यटनले लय समात्न लागेको छ। पछिल्लो समय विदेशी पर्यटक आगमन बढ्दै गएको छ। 

images
images

पर्यटक आगमनसँगै आम्दानी पनि बढ्दै गएको छ। यद्यपि पछिल्लो समय बढेको कोरोनाको ओमिक्रोन भेरियन्टले पर्यटनको वेगमा ब्रेक लागेको छ। 

images
images

चालु वर्षको पहिलो छ महिनामा नेपालले पर्यटकबाट १० अर्ब २४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ। यो कोरोना अघिको तुलनामा एक तिहाई मात्र हो। आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा नेपालले पर्यटकबाट ३५ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

images
images
images

विदेशी पर्यटकबाट हुने आम्दानीमा सुधार हुन नसके पनि नेपालीहरुले घुमफिरका लागि विदेशमा गर्ने खर्चको अनुपातमा भने वृद्धि भएको छ। नेपालीहरुले घुमफिरका लागि भन्दै यो वर्षको ६ महिनामा १२ अर्ब रुपैयाँ खर्चिएका छन्।

पुस महिनामा मात्र नेपालीहरुले घुमफिरका लागि भन्दै २ अर्ब विदेश लिएका छन्।  

विदेशी पर्यटकबाट हुने आम्दानी अझै सुस्त हुने देखिन्छ। नेपाल राष्ट्र बैंकले सटहीमा कडाइ गरेपनि नेपालीले घुमफिरका लागि विदेशमा गर्ने खर्चको वृद्धिदर भने बढी रहेको छ। 


प्रकाशित : सोमबार, फागुन २ २०७८१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend