शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

लाभांशसँगै ५० प्रतिशतको हकप्रद दिनेभएपछि नेशनल हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, सर्वाधिक कारोबार

images
सोमबार, फागुन २ २०७८
images
लाभांशसँगै ५० प्रतिशतको हकप्रद दिनेभएपछि नेशनल हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, सर्वाधिक कारोबार

कम्पनीले लाभांश वितरणपछि कायम हुने पुँजीमा ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव समेत गरेकाले लगानीकर्ताको आकर्षण बढेको हो।

images
images

काठमाडौं- १२ वर्षपछि लाभांश दिने प्रस्ताव गरेसँगै नेशनल हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन्। सोमबार कम्पनीले १९.५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो। कम्पनीले १८.५२ प्रतिशत बोनस सेयर दिन भएको हो भने बाँकी ०.९८ प्रतिशत भने कर प्रयोजनका लागि नगद लाभांश दिने गरी प्रस्ताव गरेको छ।

images
images
images

कम्पनीले लाभांश वितरणपछि कायम हुने पुँजीमा ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव समेत गरेकाले लगानीकर्ताको आकर्षण बढेको हो। सोमबार कम्पनीको सर्वाधिक कारोबार हुने सूचीमा परेको छ।

images
images
nepse.png
undefined

कम्पनीको ५४ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ। कम्पनीको १७.७० रुपैयाँले सेयर मूल्य बढेर अन्तिम करोबार ४३१.७० रुपैयाँमा करोबार भएको छ। कम्पनीको सोमबार १ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ।आगामी फागुन ३० गते २५औं वार्षिक साधारणसभा डाकेर लाभांश पारित गर्न साधारणसभा समेत डाकेको छ। 

images
images

नेशनल हाइड्रोपावरले १८.५२५ प्रतिशत सेयर लाभांश वितरणपछि चुक्ता पुँजी एक अर्ब ६४ करोड १७ लाख ९१ हजार ९४३.५५ रुपैयाँ कायम हुने छ। हाइड्रोपावरले ८२ करोड ८ लाख ९५ हजार ९७१ रुपैयाँ बराबरको हकप्रद जारी गर्ने छ।


प्रकाशित : सोमबार, फागुन २ २०७८०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend