सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

उतारचढावबीच स्थिर देखियो सेयर बजार, ११ अर्ब ४४ करोडको कारोबार

आइतबार, असार १ २०८२
उतारचढावबीच स्थिर देखियो सेयर बजार, ११ अर्ब ४४ करोडको कारोबार

आज ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

काठमाडौं- उतारचढावबीच लगातारजसो घटिरहेको सेयर बजार यो साताको पहिलो कारोबारमा भने स्थिर देखिएको छ।

आइतबार बजार ०.४७ अंकले बढेर २६५५.८५ बिन्दुमा पुग्दा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रूपैयाँको कारोबार भएको छ। आज ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको भने घटेको छ।

गएको साता आइतबार ११.०६ अंकले घटेर सोमबार २३.१९ र मंगलबार २५.०७ अंकले बढेको बजार बुधबार पुन: १३.६९ अंकले घटेको थियो। बिहीबार पनि उतारचढावबीच बजार ओरोलोतिरै लाग्दा ९.०८ अंकको गिरावटसहित २६५५.३८ बिन्दुमा ओर्लिएको थियो।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ।

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरूले बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।


प्रकाशित : आइतबार, असार १ २०८२१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend