बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धार्मिक पर्यटन प्रवर्द्धनमा मन्त्री पाण्डेको जोड

आइतबार, असार १ २०८२
धार्मिक पर्यटन प्रवर्द्धनमा मन्त्री पाण्डेको जोड

मुलुकका धार्मिक एवं सांस्कृतिकस्थलको समुचित प्रचारप्रसार हुनुपर्नेमा जोड दिँदै मन्त्री पाण्डेले त्यसो हुन सकेमा धार्मिक पर्यटन विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका कतिपय धार्मिकस्थल चीन र भारतका पनि आस्थाका केन्द्र भएकाले ती देशबाट अधिकाधिक धार्मिक पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य भएको बताएका छन्।

बौद्धनाथ क्षेत्र विकास समितिले ‘हिमाली बौद्ध धर्म र परम्परा’ शीर्षकमा आज यहाँ आयोजना गरेको पाँचदिने प्रशिक्षणमा उनले बुद्ध र वेदभूमि हाम्रो देश समान धार्मिक विश्वासका कारण दुवै राष्ट्रका निम्ति आस्थाका केन्द्र भएका बताए।

मुलुकका धार्मिक एवं सांस्कृतिकस्थलको समुचित प्रचारप्रसार हुनुपर्नेमा जोड दिँदै मन्त्री पाण्डेले त्यसो हुन सकेमा धार्मिक पर्यटन विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै उनले धर्मसंस्कृतिको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए। रासस


प्रकाशित : आइतबार, असार १ २०८२१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend