आइतबार, असार १ गते २०८२    
आइतबार, असार १ २०८२
images
images

चार महिनामा एक करोडभन्दा बढीका अवैध सामान बरामद

images
आइतबार, असार १ २०८२
images
images
चार महिनामा एक करोडभन्दा बढीका अवैध सामान बरामद
फाइल तस्बिर

गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरीका अवैध समान बरामद भएको हो।

images
images

रौतहट- सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा एक करोड ८२ लाख ९५ हजार ६ सय ५० रूपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

images
images
images

गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरीका अवैध समान बरामद भएको हो। नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा ६९ लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिए।

images
images

'सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको छ', उनले भने, 'एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ।'

images
images
images

सोही अवधिमा ८५ लाख ६८ हजार २ सय २४ रूपैयाँ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस बरामद भएको नम्बर ११ हेडक्वाट कार्यालयले जनाएको छ।

पछिल्लो चार महिनामा स्रोत नखुलेको १० लाख ६१ हजार नेपाली रूपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसैगरी स्रोत नखुलेको ६ लाख चार हजार ६४० भारतीय रूपैयाँ, सेमी अटोमेटिक पेस्तोलसमेत बरामद भएको छ।

मानवबेचबिखनमा पर्नसक्ने आशंकामा नाकाबाट १० जना नेपाली महिला उद्धार जनाउँदै बस्नेतले सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध पनि बरामद गरिएको बताए। हेडक्वाटर मातहतमा रहेका पाँचवटा युनिटलाई अवैध चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन्। रासस


प्रकाशित : आइतबार, असार १ २०८२१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend