आइतबार, असार १ गते २०८२    
आइतबार, असार १ २०८२
images
images

तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १ २०८२
images
images
तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

घुस्रामा साढे चार बिघा जग्गा तरबुजाखेतीका लागि भाडामा लिएको उनले बताए। उक्त जग्गाको ८० हजार तिर्ने गरेर तीन महिना अवधिका लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरेका हुन्।

images
images

घोराही- रोल्पा माडी गाउँपालिका-१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका-५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

images
images
images

घोराही उपमहानगरपालिका-७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेतीमा सम्लग्न छन्। विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ। बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउँछन्।

images
images

कृषि विषय अध्ययन गरेका उनले आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताए। उनले भने, 'कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले सात वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एक जना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि विगत दुई वर्षदेखि गर्दै आएका छौँ।' यसबाट राम्रो आम्दानी भइरहेको उनले बताए। दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आएका छन्।

images
images
images

घुस्रामा साढे चार बिघा जग्गा तरबुजाखेतीका लागि भाडामा लिएको उनले बताए। उक्त जग्गाको ८० हजार तिर्ने गरेर तीन महिना अवधिका लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरेका हुन्। 

अहिले आहाना, सरस्वती र विशाला जातको तरबुजा ५० किलोका दरले र आरोही ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वली बताए। अहिले दैनिक एक हजार किलो बिक्री हुन्छ। हालसम्म आधाभन्दा बढी बिक्री गरिसकेको उनले जानकारी दिए। बाहिर देशबाट सस्तोमा भित्रिँदा स्थानीय किसान मारमा पर्ने गरेको उनको भनाइ छ। गत वर्ष १२ लाखको कारोबार गरेको उनले बताए। 

यस वर्षको हालसम्म पाँच लाखको कारोबार गर्न सफल भएको उनले बताए। 'सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ', किसान वलीले भने। स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उनको भनाइ छ। उनले भने, 'तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुने छ। कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको छ।'

दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुगेका घोराही -१४ का अर्जुन केसी गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको बताए। आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उनले आग्रह गरे। खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन्। रासस


प्रकाशित : आइतबार, असार १ २०८२१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend