आइतबार, असार १ गते २०८२    
आइतबार, असार १ २०८२
images
images

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ४ पैसा

images
आइतबार, असार १ २०८२
images
images
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ४ पैसा

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा कायम गरिएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा कायम गरिएको छ।

images
images
images

युरोपियन युरोको बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा पुगेको छ भने युके पाउन्ड स्ट्रलिङको बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।

images
images

यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलरको बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, र सिङ्गापुर डलरको बिक्रीदर १०७ रुपैयाँ ४८ पैसा रहेको छ।

images
images
images

एसियाली मुद्रामध्ये जापानी येन १० को बिक्रीदर नौ रुपैयाँ ५६ पैसा र चिनियाँ युआनको १९ रुपैयाँ २२ पैसा पुगेको छ। साउदी रियाल ३६ रुपैयाँ ७८ पैसा, कतारी रियाल ३७ रुपैयाँ ८७ पैसा, र युएई दिराम ३७ रुपैयाँ ५९ पैसामा कारोबार भइरहेको छ।

थाइ भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस र डेनिस क्रोनर लगायत मुद्राहरूको पनि दर तोकिएको छ।

हङकङ डलरको बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनारको ४५० रुपैयाँ ९६ पैसा, बहराइन दिनारको ३६५ रुपैयाँ ८६ पैसा, र ओमनी रियालको ३५८ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। रासस


प्रकाशित : आइतबार, असार १ २०८२०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend