सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको खरिददर १३७ रुपैयाँ नाघ्यो

शनिबार, जेठ ३१ २०८२
आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको खरिददर १३७ रुपैयाँ नाघ्यो

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकले जारी गरेको दरअनुसार आज अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा कायम भएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकले जारी गरेको दरअनुसार आज अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा रहेको छ भने स्वीस फ्र्याङ्कको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा पुगेको छ।

अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा र सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

एशियाली मुद्रामध्ये जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। चिनियाँ युआनको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा छ। साउदी रियालको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।

थाइ भाटको खरिददर ४ रुपैयाँ २३ पैसा र बिक्रीदर ४ रुपैयाँ २५ पैसा तोकिएको छ। युएई दिरामको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा छ।

दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा कायम गरिएको छ। स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४५ पैसा छ भने डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ १९ पैसा र बिक्रीदर २१ रुपैयाँ २८ पैसा रहेको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा छ। कुवेती दिनारको खरिददर ४४९ रुपैयाँ र बिक्रीदर ४५० रुपैयाँ ९६ पैसा पुगेको छ। बहराइन दिनारको खरिददर ३६४ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ। ओमनी रियालको खरिददर ३५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५३ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुनसक्ने जनाइएको छ भने अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ। रासस


प्रकाशित : शनिबार, जेठ ३१ २०८२०७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend