सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

रेवतबहादुर कार्कीको संयोजकत्वमा 'बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल' गठन

शुक्रबार, जेठ ३० २०८२
रेवतबहादुर कार्कीको संयोजकत्वमा 'बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल' गठन

कार्यदलले ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाका सम्बन्धमा सुझाव पेस गर्नेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत समग्र बैंकिङ क्षेत्र सुधार गर्नका लागि नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको संयोजकत्वमा 'बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल' गठन गरेको छ।

बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न कार्की संयोजक रहेको कार्यदलमा भुवनकुमार दाहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहनेगरी तीन सदस्यीय 'बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल' गठन भएको हो।

एक महिनाको समयावधिमा कार्यदलले ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाका सम्बन्धमा सुझाव पेस गर्नुपर्ने छ।

यस्तै, बैंकिङ नीति नियमनलाई उवार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा पनि सुझाव दिनेछ।

यसैगरी, कार्यदलले बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानबारे सुझाव बुझाउनेछ।


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend