शुक्रबार, चैत १६ गते २०८०    
images
images

लमजुङमा आलु उत्पादन बढ्यो

images
images
लमजुङमा आलु उत्पादन बढ्यो
images
images

लमजुङ- लमजुङमा आलु उत्पादनमा वृद्धि भएको छ। आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनाका साथै किसानले राम्रोसँग आलुको हेरचाह गरेकाले यस वर्ष आलु उत्पादनमा वृद्धि भएको कृषिज्ञान केन्द्रले जनाएको छ। 

images
images
images

केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष २०० मेट्रिकटन आलु उत्पादन बढी भएको छ। यस वर्ष एक हजार ९३६ हेक्टर जमिनमा गरिएको आलुखतीबाट २१ हजार १०० मेट्रिकटन उत्पादन भएको छ। त्यस्तै गत वर्ष आर्थिक वर्षमा १९ हजार ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा २० हजार ९२९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ।
 
सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, बेँसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ। त्यस्तै मस्र्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्हेलासोथार गाउँपालिकालाई बर्खे आलुको मुख्य पकेट क्षेत्र तोकिएको छ।

images

जिल्लामा मुख्य गरेर कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातका आलुखेती गर्ने गरिएको किसानको भनाइ छ। केन्द्रका अनुसार जिल्लाका सबै पालिकाका कृषक, कृषक समूहले व्यावसायिक आलुखेती गर्दै आएका छन्। 

images
images

कृषिज्ञान केन्द्रले कृषकका लागि आलुखेती प्रवद्र्धन कार्यक्रममार्फत अनुदानमा आलुको बीउ वितरण आलु उत्पादनसम्बन्धी तालिम, आलुमा लाग्ने रोगका किरा नष्ट पार्ने औषधि वितरण गर्दै आएको कार्यालयका सूचना अधिकारी रेग्मीले बताए। उनका अनुसार जिल्लामा उत्पादिन आलु मनाङलगायतका जिल्लामा समेत पुग्ने गर्दछ। रासस

images

प्रकाशित : सोमबार, फागुन २ २०७८०८:३२

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ