शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

राष्ट्रिय बीमा कम्पनीको सीईओ छनोटमा अर्थमन्त्री शर्माको हस्तक्षेपपछि रोकियो प्रक्रिया

images
सोमबार, फागुन २ २०७८
images
राष्ट्रिय बीमा कम्पनीको सीईओ छनोटमा अर्थमन्त्री शर्माको हस्तक्षेपपछि रोकियो प्रक्रिया

सर्वधारणको समेत लगानी रहेको बीमा कम्पनीमा सरकारी हस्तक्षेपलाई अर्थपूर्णरुपमा हेरिएको छ।

images
images

काठमाडौं- राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियामा अर्थमन्त्री जनार्दन शर्माले अनावश्यक हस्तक्षेप गरेका छन्। जसका कारण सीईओ छनोट हुन नसकेको हो।

images
images
images

सीईओ छनोट प्रक्रिया अन्तिम चरणमा पुगेकै समयमा अर्थमन्त्रालयले अनावश्यक हस्तक्षेप गरेर रोकेका छन्। अर्थमन्त्रालयले आइतबार कम्पनीलाई सीईओ नियुक्ती प्रक्रिया रद्द गर्न लिखित पत्राचार गरेर रोकेको स्रोतले जानकारी दिएको छ।  

images
images

सर्वधारणको समेत लगानी रहेको बीमा कम्पनीमा सरकारी हस्तक्षेपलाई अर्थपूर्णरुपमा हेरिएको छ। कानूनी रुपमा स्वतन्त्र अस्तित्वमा रहेको कम्पनीमाथि अर्थमन्त्रालयले पत्र नै काटेर सीईओ छनोट प्रक्रिया रोकेको हो। 

images
images

अर्थमन्त्रालयका वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख रमेश केसीले राष्ट्रिय बीमा कम्पनीमा पत्राचार गरेका हुन्। महिनौदेखि सीईओ छनोट हुन नसक्दा राष्ट्रिय बीमा कम्पनी नेतृत्व बिहीन भएको छ।

सहसचिव समेत रहेका केसीले अति गोप्य, सम्बन्धित व्यक्तिले मात्रै खोल्ने लेखेर पठाइएको पत्रभित्र डेढ महिनादेखि अल्झिएको सीईओ नियुक्ती प्रक्रिया रद्द गर्न लिखित निर्देशन दिइएका छन्। अर्थमन्त्रालयले पठाएको गोप्य पत्रमा छनौट प्रक्रियामाथि प्रश्न चिन्ह उठाउँदै उक्त प्रक्रिया रद्द गरी पुनः विज्ञापन निकाल्न समेत उल्लेख गरेका छन्। 

राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्त गर्नको लागि छनौट समितिले गत पुस १७ गते पाँच जना आवेदकबाट प्रस्तुतीकरण सकाएर तीन जनाको नाम गोप्य सिलबन्दी पत्र सञ्चालक समितिमा बुझाइसकेको छ। 

यही पुस ९ गते बसेको पदपूर्ति सिफारिस उपसमितिको बैठकले पाँच जनाको नाम सर्टलिष्ट गरेको थियो। पहिलो नम्बरमा तोयराज अधिकारी, दोस्रोमा बुद्धकाजी श्रेष्ठ र तेस्रोमा रामबहादुर खड्का रहेका थिए। त्यस्तै चौथो र पाँचाैंमा क्रमश: सुरेन्द्र थापा तथा शेखर बराल रहेका छन्। बीमा कम्पनीको सीईओका लागि मंसिर १२ गते आवेदन माग गरिएको थियो। 

कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ४७ अर्ब ३७ करोड पुगेको छ भने दोस्रो बजारमा १८ हजार १२२ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ। कम्पनीमा जनताको सेयर ३ लाख २६ हजार कित्ता सूचिकृत रहेको छ। 


प्रकाशित : सोमबार, फागुन २ २०७८०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend