सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

३.८ गुणाभन्दा बढी आवेदन परेको निफ्राको 'हरित ऊर्जा ऋणपत्र'को बाँडफाँट सम्पन्न

बिहीबार , जेठ २९ २०८२
३.८ गुणाभन्दा बढी आवेदन परेको निफ्राको 'हरित ऊर्जा ऋणपत्र'को बाँडफाँट सम्पन्न

कम्पनीका अनुसार ५ अर्ब रूपैयाँबराबरको यस 'हरित ऊर्जा ऋणपत्र' लागि ३.८ गुणाभन्दा बढी आवेदन परेको थियो।

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको 'निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत - २०८८/८९' नामक हरित ऊर्जा ऋणपत्रको बाँडफाँट सम्पन्न भएको छ।

निष्कासन तथा बिक्री प्रबन्धकमा रहेको एनआइएमबि एस क्यापिटल लिमिटेडको काठमाडौंको लाजिम्पाटस्थति कार्यालयमा बिहीबार ऋणपत्रको बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कुल निष्कासित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइ जेठ १८ देखि २५ गतेसम्म उक्त ऋणपत्र निष्कासन गरिएको थियो। ५ अर्ब रूपैयाँबराबरको यस 'हरित ऊर्जा ऋणपत्र' लागि ३.८ गुणाभन्दा बढी आवेदन परेको थियो।

७ वर्षको अवधि रहेको वार्षिक ६ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलोपटक सार्वजनिकरुपमा जारी गरिएको हरित ऊर्जा ऋणपत्र रहेको कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend