सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सेयर बजारमा ९ अंकको गिरावट, ९९ कम्पनीको सेयर मूल्य बढ्दा १२ अर्बमाथिको कारोबार

बिहीबार , जेठ २९ २०८२
सेयर बजारमा ९ अंकको गिरावट, ९९ कम्पनीको सेयर मूल्य बढ्दा १२ अर्बमाथिको कारोबार

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

काठमाडौं- उतारचढावबीच सेयर बजारमा साताको अन्तिम कारोबार पनि राताम्य भएर बन्द भएको छ। यो साता आइतबार घटेर सोमबार र मंगलबार बढेको बजार बुधबार पुन: ओरालोतर्फ लागेको थियो। बिहीबार पनि बजार वृद्धितर्फ लाग्न सकेन।

बिहीबार ९.०८ अंकले घटेर बजार २६५५.३८ बिन्दुमा ओर्लिएको छ। ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ अर्ब ५१ करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ। आज १४९ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

यो साता आइतबार ११.०६ अंकले घटेर २६२९.८९ बिन्दुमा झरेको बजार सोमबार भने २३.१९ अंकको वृद्धिका साथ २६५३.०९ बिन्दुमा उक्लिएको थियो। मंगलबार पनि बजार २५.०७ अंकले बढेर २६७८.१७ बिन्दुमा पुगेको थियो।

बुधबार १३.६९ अंकले घटेर २६६४.४७ बिन्दुमा ओर्लँदा बजारमा ९ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरूले बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend