शनिबार, असोज ५ गते २०८१    
images
images

१२ वर्षपछि फर्कियो खोला, नेशनल हाइड्रोपावरले सेयरधनीलाई लाभांश दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २ २०७८
images
images
१२ वर्षपछि फर्कियो खोला, नेशनल हाइड्रोपावरले सेयरधनीलाई लाभांश दिने

नेशनल हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने भएको छ। कम्पनीले १९.५ प्रतिशत लाभांश दिन लागेको हो। १२ वर्षपछि दिन लागेको लाभांशमा कम्पनीले १८.५२ प्रतिशत बोनस सेयर दिन लागेको हो।

images
images

काठमाडौं- नेशनल हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने भएको छ। कम्पनीले १९.५ प्रतिशत लाभांश दिन लागेको हो। १२ वर्षपछि दिन लागेको लाभांशमा कम्पनीले १८.५२ प्रतिशत बोनस सेयर दिन भएको हो।

images
images
images

बाँकी ०.९८ प्रतिशत भने कर प्रयोजनका लागि नगद लाभांश दिने गरी प्रस्ताव गरेको हो। लाभांश वितरणपछि कायम हुने पुँजीमा ५० प्रतिशत हकप्रद सेयर दिने पनि प्रस्ताव साधारणसभामा लैजाने भएको छ। आगामी फागुन ३० गते २५औ वार्षिक साधारणसभा डाकेर लाभांश पारित गर्न साधारणसभा समेत डाकेको छ। 
 
नेशनल हाइड्रोपावरले १८.५२५ प्रतिशत सेयर लाभांश वितरणपछि चुक्ता पुँजी एक अर्ब ६४ करोड १७ लाख ९१ हजार ९४३.५५ रुपैयाँ कायम हुने छ। हाइड्रोपावरले ८२ करोड ८ लाख ९५ हजार ९७१  रुपैयाँ बराबरको हकप्रद जारी गर्ने छ। 

 


प्रकाशित : सोमबार, फागुन २ २०७८०५:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend