काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व र भन्सार विभागमा नयाँ महानिर्देशक पठाएका छन्।
उनले आन्तरिक राजस्व विभागमा रितेश शाक्य र भन्सार विभागमा कमल भट्टराई महानिर्देशक बनाएका हुन्।
मन्त्री हुने वित्तिकै शर्माले शक्तिशाली मानिएका यी दुई विभागमा आफैँ ल्याएका महानिर्देशकलाई गएको साता हटाएका थिए।