शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

अग्नि इनर्जीले महिन्द्रा 'बीई सिक्स' र 'एक्सईभी नाइनई' ल्याउन पाएन आयात अनुमति

मोटर पावरमा शंका लागेपछि विभागले भन्यो - पुष्टि हुने थप कागजात पेश गर्नू

images
बिहीबार , जेठ २९ २०८२
images
images
अग्नि इनर्जीले महिन्द्रा 'बीई सिक्स' र 'एक्सईभी नाइनई' ल्याउन पाएन आयात अनुमति

अग्निले भारतमा बिक्रीमा रहेकै १ सय १० किलोवाट पिक पावर मोटर भएकै एक्सयूभी ४०० आयात गरेको थियो। यो कार अग्निले ४० वटामात्रै आयात गरेको छ।

images
images

काठमाडौं- महिन्द्राको विद्युतीय कारले आयात अनुमति पाएन। भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गरेको विद्युतीय कारमा प्रयोग भएको मोटर पावरमा शंका लागेपछि आयातको अनुमति नपाएको हो। 

images
images
images

महिन्द्राका विद्युतीय कार नेपाली बजारमा अग्नि समूहअन्तर्गतको अग्नि इनर्जी प्रालिले आयात गर्दै आएको छ। महिन्द्राकै अन्य कार भने सोही समूहको अर्को कम्पनी अग्नि इनकर्पोरेटेडले आयात गर्दै आएको छ।

images
images

विद्युतीय कारमा प्रयोग भएको मोटर पावरमा शंका लागेपछि आयातमा अनुमति नदिइएको घटना नेपालमै यो पहिलो हो। 

images
images
images

अग्नि इनर्जीले महिन्द्राले उत्पादन गरेको बीई सिक्स थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभी र एक्सईभी नाइनई थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभी आयातका लागि यातायात व्यवस्था विभागसँग जेठ ११ गते अनुमति मागेको थियो। उक्त विद्युतीय कारमध्ये बीई सिक्स थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभीको पिक मोटर पावर ९९ किलोपवाट र ब्याट्री क्षमता ७९ किलोवाट आवर रहेको उल्लेख छ।

त्यस्तै महिन्द्राको अर्को एक्सईभी नाइनई थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभीको पिक मोटर पावर १ सय ९९ किलोवाट र ब्याट्री क्षमता ७९ किलोवाट आवर रहेको पेश गरिएको कागजातमा उल्लेख छ। 

अग्नि इनर्जीले बजेटअघि नै तीनवटा विद्युतीय कार आयातका लागि अनुमति माग गरेको थियो। बजेटमा कर बढ्ने व्यापक हल्लाबीच अग्निले परीक्षण प्रयोजनका लागि नयाँ विद्युतीय कार आयात गर्न चाहेको थियो। तर बजेटमा कर वृद्धि नभएपछि बजेटअघि नै कार आयात गर्न नपाएकोमा अग्नि दुःखी भने छैन। 

विद्युतीय कारको मोटर पावरको विषय धेरै नै गिजोलिएपछि यातायात व्यवस्था विभागले नयाँ आयात हुने विद्युतीय कारमा भएको मोटर पावरका विषयमा गहन अध्ययन र सकेसम्म दोहोरो जाँच गर्न थालेको हो। यद्यपी नेपालमा हालसम्म विद्युतीय सवारीमा प्रयोग भएको मोटरको पिक पावर परीक्षण गर्ने उपकरण छैन। सोही कारण पेश भएको कागजात र उत्पादक वा उत्पादन भएको देशमा रहेको स्वतन्त्र परीक्षण निकायसँग पुनः भेरिफाइ गर्न थालेको हो। 

यहीक्रममा अग्नि इनर्जीले आयात गर्न खोजेको बीई सिक्स थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभी र एक्सईभी नाइनई थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभीमा घोषणा गरिएअनुसारको मोटर पावरको परीक्षण प्रतिवेदनको पुनर्पुष्टिका लागि आयातकर्तालाई यातायात व्यवस्था विभागले करिब दुई साताअघि नै भनेको थियो। हालसम्म अग्नि इनर्जीले विभागले मागको सो विवरण पेश गरेको छैन। 

अग्नि इनर्जीले बीई सिक्स थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभी एउटा र एक्सईभी नाइनई थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभी दुईवटा आयातका लागि अनुमति मागेको थियो। यी दुवै विद्युतीय कारको मोटर पावर भारतमा बिक्रीमा रहेको मोडलमा धेरै रहेको छ। तर नेपाल आयात गर्न लागेको मोडलमा प्रयोग भएको मोटरको पिक पावर कम भएर आएकाले परीक्षण गरेको कागजात पेश गर्न नसकेको अनुमान विभागका एक प्राविधिकले गरेका छन्। 

गतवर्ष अग्नि इनर्जीले महिन्द्रा एक्सयूभी ४०० विद्युतीय कार आयात गरेको थियो। त्यतिबेला अग्निले भारतमा बिक्रीमा रहेकै १ सय १० किलोवाट पिक पावर मोटर भएकै एक्सयूभी ४०० आयात गरेको थियो। यो कार अग्निले ४० वटामात्रै आयात गरेको छ। यही आधारमा पनि विभागले महिन्द्राका अहिले आयात हुन लागेका कारमा घोषणा गरिएको मोटर पिक पावरका विषयमा स्वभाविक चासो बढेको ती प्राविधिकको भनाइ छ। 

भारतमा अग्निले नेपाल ल्याउन लागेको दुवै विद्युतीय कार दुई अप्सनको मोटर पावरमा उपलब्ध छ। बीई सिक्स थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभी १ सय ७० र २ सय १० किलोवाट पिक पावर मोटरमा बिक्री भइरहेको भने एक्सईभी नाइनई थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभी पनि १ सय ७० र २ सय १० किलोवाट पिक पावर मोटरमा बिक्री हुँदै आएको छ। 

अग्नि इनर्जीले आयातका लागि अनुमति मागेको बीई सिक्स थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभी १ सय ७० किलोवाट मोटरबाट ९९ किलोवाट बनेर आएका छ भने एक्सईभी नाइनई थ्री बी ७९-इलेक्ट्रिक एक्सयूभी २ सय १० किलोवाट मोटरबाट १ सय ९९ किलोवाट आवर बनेर आएको प्रस्तावित कागजातमा लेखिएको छ। 

बजेटअघि नै अग्निले छापेको थियो मूल्य र विवरण 

अग्नि इनर्जीले बीई सिक्स ५९ किलोवाट आवरको ब्याट्री प्याकको मूल्य ७६ लाख ३० हजार र ७९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको ८३ लाख ८० हजार रुपैयाँ मूल्य तोकेको थियो। दुबै भेरियन्ट ९९ किलोवाट पिक पावर भएको मोटरमा उपलब्ध हुने उल्लेख थियो। 

त्यसैगरी अर्को मोडल एक्सईभी नाइन ईलाई दुई फरक मोटर पावरमा उपलब्ध गराउने उल्लेख थियो। कम्पनीले यसलाई ९९ र १ सय ९९ किलोवाट क्षमताको मोटरमा ल्याउने बताएको थियो। यसको ५९ किलोवाट आवरको ब्याट्री भएको मिड भेरियन्टको मूल्य ७७ लाख ६५ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ८७ लाख १५ हजार रुपैयाँ तोकिएको छ। 

साथै एक्सईभी नाइन ईको ठूलो ब्याट्री र ठूलो मोटर पावर भएको टप भेरियन्टको मूल्य १ करोड ७ लाख रुपैयाँ एमआरपी अग्निले प्रकाशित गरेको थियो। एक्सईभी नाइन ईमा ७९ किलोवाट आवरको ब्याट्री र १ सय ९९ किलोवाटको मोटर पावर रहेको छ। 

‘इमानदार करदाता’ मानिएको घराना अग्नि समूह नै करछलीमा, ६० करोड ७४ लाखको घरजग्गा बिक्रीमा ७ करोड करछली ‘इमानदार करदाता’ मानिएको घराना अग्नि समूह नै करछलीमा, ६० करोड ७४ लाखको घरजग्गा बिक्रीमा ७ करोड करछली


प्रकाशित : बिहीबार , जेठ २९ २०८२११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend