शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

आजको विदेशी विनिमय दर : डलर, युरो र पाउण्डको दरमा सामान्य उतारचढाव

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २९ २०८२
images
images
आजको विदेशी विनिमय दर : डलर, युरो र पाउण्डको दरमा सामान्य उतारचढाव

अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा तोकिएको छ

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जारी दरअनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा तोकिएको छ। पछिल्लो दिनको तुलनामा डलरको दरमा थोरै घटबढ देखिएको छ।

images
images
images

युरोपियन युरोको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा कायम गरिएको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा तोकिएको छ। स्विस फ्र्याङ्कको खरिददर १६५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा रहेको छ।

images
images

आज अष्ट्रेलियन डलर ८८ रुपैयाँ ८१ पैसामा खरिद र ८९ रुपैयाँ २० पैसामा बिक्री भइरहेको छ भने क्यानेडियन डलर ९९ रुपैयाँ ७५ पैसामा खरिद र १०० रुपैयाँ १० पैसामा बिक्रीदर तोकिएको छ। सिङ्गापुर डलरको खरिददर १०६ रुपैयाँ ११ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५७ पैसा रहेको छ।

images
images
images

एशियाली मुद्रातर्फ हेर्दा जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। चिनियाँ युआन १८ रुपैयाँ ९९ पैसामा खरिद र १९ रुपैयाँ ०८ पैसामा बिक्री भइरहेको छ। दक्षिण कोरियाली वन (१००) को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा छ।

खाडी मुलुकहरूमध्ये साउदी रियाल ३६ रुपैयाँ ४० पैसा खरिददर र ३६ रुपैयाँ ५६ पैसा बिक्रीदरमा रहेको छ। कतारी रियालको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। युएई दिरामको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा तोकिएको छ।

कुवेती दिनारको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार ३६२ रुपैयाँ ०१ पैसा खरिद र ३६३ रुपैयाँ ६० पैसा बिक्री मूल्यमा विनिमय भइरहेको छ। ओमनी रियाल ३५४ रुपैयाँ ५८ पैसामा खरिद र ३५६ रुपैयाँ १४ पैसामा बिक्री भइरहेको छ।

अन्य केही प्रमुख मुद्रामा थाई भाट चार रुपैयाँ १८ पैसा खरिद र चार रुपैयाँ २० पैसा बिक्री, मलेसियन रिङ्गेट ३२ रुपैयाँ २२ पैसा खरिद र ३२ रुपैयाँ ३६ पैसा बिक्री, स्विडिस क्रोनर १४ रुपैयाँ २० पैसा खरिद र १४ रुपैयाँ २६ पैसा बिक्री, डेनिस क्रोनर २० रुपैयाँ ९२ पैसा खरिद र २१ रुपैयाँ ०१ पैसा बिक्रीदर कायम गरिएको छ।

हङकङ डलरको दर आज १७ रुपैयाँ ३९ पैसा खरिद र १७ रुपैयाँ ४७ पैसा बिक्री कायम भएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। राष्ट्र बैंकले प्रकाशित विनिमय दर आवश्यकतानुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले तोक्ने दरमा केही फरक हुनसक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी दिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२०७:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend