शुक्रबार, असोज ४ गते २०८१    
images
images

 बिटक्‍वाइनलाई मान्यता दिने पहिलो देश बन्यो एल साल्भाडोर 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
images
images
 बिटक्‍वाइनलाई मान्यता दिने पहिलो देश बन्यो एल साल्भाडोर 

'हामीले एउटा निरन्तरतामा छलाङ हानेका छौं' उनले सार्वजनिक गरेको वक्तव्यमा उल्लेख छ' एल साल्भाडोर पहिलो विश्वको बाटोमा अघि बढेको।'

images
images

काठमाडौं- ल्याटिन अमेरिकी देश एल साल्भाडोर बिटक्वाइनलाई कानूनी रुपमै मान्यता दिएर अर्थतन्त्रमा चलायमान गराउने संसारको पहिलो देश बनेको छ। 

images
images
images

ब्लेकचेनमा आधारित यो मुद्रालाई 'लिगल टेन्डर' का रुपमा यो देशले स्वीकार गरेको छ। लिगर टेन्डर भनेको त्यस्तो मुद्रा हो जो ऋण तिर्नमा स्वीकार्य हुन्छ। कारोबारमा प्रयोग हुन्छ। अहिलेका धेरैजसो मुलुकमा जसरी आफ्नै मुद्रा हुन्छ त्यसैगरी यो देशले बिटक्वाइनलाई मान्यता दिएको छ। हाम्रो नेपालमा नेपाली रुपैयाँ जसरी स्वीकार्य हुन्छ यो देशले पनि त्यस्तै मान्यता दिएको हो। 

बिटक्वाइनलाई मान्यता दिएसँगै एल साल्भाडोरमा वित्तीय पूर्वाधारहरू पनि विस्तार भएका छन्। बिकटक्वाइनका २ सय एसटीएम विस्तार भएका छन् भने त्यहाँको राष्ट्रिय डिजिटल वालेटमा खाता खेल्नेहरूलाई बिटक्वाइन प्रोत्साहन स्वरुप दिइने बताइएको छ। 

एल साल्भाडोरका राष्ट्रपति नयिव बुक्लेले विदेशी लगानी आकर्षित हुने र अर्थतन्त्र सबल बनाउन बिटक्वाइनलाई मान्यता दिइएको बताएका छन्। 

images

क्रिप्टो लगानीकर्ताहरूलाई अहिले संसारमा कतै पनि लगानीको सहज बाटो नभएकाले आफ्नो देशले त्यस्तो विकल्प दिएको उनको भनाइ रहेको छ। 

'हामीले एउटा निरन्तरतामा छलाङ हानेका छौं' उनले सार्वजनिक गरेको वक्तव्यमा उल्लेख छ' एल साल्भाडोर पहिलो विश्वको बाटोमा अघि बढेको।'

तर सरकारको यो निर्णयको त्यहाँ विरोध भइरहेको छ। प्रतिपक्षी दलहरुले विरोध प्रदर्शन गरिरहेका छन्। यो निर्णयबाट त्यहाँका धनी, उद्योगीहरू तथा बैंकहरूमात्र लाभ हुने सर्वसाधारणलाई केही पनि लाभ नहुने उल्टो नोक्सानी हुने भन्दै विरोध गरेका छन्। 


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend