सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

दुई दिनको वृद्धिपछि पुन: ओरालो लाग्यो सेयर बजार, बुधबार १३ अंकले घट्यो

बुधबार, जेठ २८ २०८२
दुई दिनको वृद्धिपछि पुन: ओरालो लाग्यो सेयर बजार, बुधबार १३ अंकले घट्यो

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरूले बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।

काठमाडौं- यो साता पहिलो कारोबारमा घटेर दोस्रो र तेस्रो कारोबारमा लगातार बढेको सेयर बजार पुन: ओरालोतर्फै लागेको छ। लगानीकर्ताहरु विश्वस्त हुन नसक्दा बुधबार बजारले वृद्धिको साथ पाउन सकेन।

बुधबार १३.६९ अंकले घटेर २६६४.४७ बिन्दुमा झरेको बजारमा ९ अर्ब ९० करोड ७० लाख रूपैयाँको कारोबार भएको छ। आज ७७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७० वटा कम्पनीको घटेको छ भने एक कम्पनीको स्थिर छ।

यो साता आइतबार ११.०६ अंकले घटेर २६२९.८९ बिन्दुमा झरेको बजार सोमबार भने २३.१९ अंकको वृद्धिका साथ २६५३.०९ बिन्दुमा उक्लिएको थियो। मंगलबार पनि बजार २५.०७ अंकले बढेर २६७८.१७ बिन्दुमा पुगेको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरूले बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।


प्रकाशित : बुधबार, जेठ २८ २०८२१५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend