शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ पर्‍यो? पर्नेले पहिलो दिन नै कमाउन सक्छन् साढे ११ हजार रूपैयाँ

images
आइतबार, फागुन १ २०७८
images
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ पर्‍यो? पर्नेले पहिलो दिन नै कमाउन सक्छन् साढे ११ हजार रूपैयाँ
images
images

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। अर्को सातादेखि कारोबारमा आउने कम्पनीको ४८ हजार ७ सय ९० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

images
images
images

कम्पनीको आईपीओ खरीदका लागि २७ लाख ९ हजार ८५५ जनाले ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए। कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो। कम्पनीले सार्वजनिक निष्कासन मार्फत बिक्री गरेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर बाँडफाँट गरेको हो। 

images
images

हाल कम्पनीको चुक्ता पुँजी १० करोड ७८ लाख छ। आईपीओ बाँडफाँटपछि यो पुँजी १६ करोड पुग्नेछ। कम्पनीको आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ १६४.६० रहेको छ।

images
images

कम्पनीले वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि प्राप्त गर्नेछ। कम्पनीको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गर्छ। कम्पनीको आर्थिक वर्ष ७७/७८ को नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ। यस हिसाबमा कम्पनीले ११३९ सम्मको अधिकतम  रेन्ज पाउन सक्छ।

कतिमा होला पहिलो कारोबार?

कम्पनीको सेयर पुँजी ७ करोड, रिजर्भमा ७ करोड ७४ लाख, खुद ब्याज आम्दानी ११ करोड ३८ लाख, संचालन आम्दानी १३ करोड ६७ लाख, संचालन मुनाफा २ करोड २४ लाख, खुद नाफा १ करोड ७५ लाख र संचित मुनाफा २ करोड ८० लाख रहेको छ। 

आर्थिक वर्ष ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सेयर पुँजी १० करोड ७८ लाख, जेग्दा तथा कोषहरु (रिजर्भ) ३७ करोड ७१ लाख, खुद ब्याज आम्दानी २५ करोड ९५ लाख, संचालन आम्दानी ३२ करोड ३६ लाख, संचालन मुनाफा ९ करोड ५६ लाख र खुद मुनाफा १० करोड ४३ लाख रहेको छ।

आर्थिक वर्ष २०७७/७८ को अपरिस्कृत विवरणअनुसार कम्पनीको प्रति सेयर आम्दानी ९६.७५ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले आफ्नो प्रतिसेयर आम्दानी ११२.८७ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७७/७८ को अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले आफ्नो प्रति सेयर नेटवर्थ ४९३.६२  रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

कम्पनीको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गर्छ। कम्पनीको आर्थिक वर्ष ७७/७८ को नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ। यस हिसाबमा कम्पनीले ११३९ सम्मको अधिकतम रेन्ज पाउन सक्छ।                     


प्रकाशित : आइतबार, फागुन १ २०७८१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend