शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट ईभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिस फेसलिफ्ट

images
बुधबार, जेठ २८ २०८२
images
images
एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट ईभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिस फेसलिफ्ट

५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटले यात्रालाई आरामदायी बनाउने छ। ब्याट्रीमा ८ वर्ष तथा एक लाख २० हजार किमीको वारेन्टी छ।

images
images

काठमाडौं- एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी 'कमेट ईभी' नेपाली बजारमा सार्वजनिक गरेको छ।

images
images
images

कम्पनीका अनुसार आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरी डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ।

images
images

एमजीको बिको (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइनबाट प्रेरित कमेट ईभीमा चार सिट क्षमता छ र बाहिरीरूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो छ। ५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटले यात्रालाई आरामदायी बनाउने छ।

images
images
images

अपग्रेड गरिएका फिचरहरू

रियर पार्किङ क्यामेरा
सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि

फास्ट चार्जिङ (सेभेन किलोवाट)
३.५ घण्टामै शून्यबाट १०० प्रतिशत चार्ज हुने - छिटो, सहज र प्रभावकारी

पावर फोल्डेबल साइड मिरर
स्टाइल र स्पेस दुवैलाई ध्यानमा राखिएको डिजाइन

सक्षम, भरपर्दो र यात्राको लागि तयार

कमेट ईभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेलका साथ आउने लिथियम आएन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा अराइ प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। आइपी ६७ रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ।

कम्पनीका अनुसार अराइ रेन्ज परीक्षण स्ट्यान्डर्ड कन्डिसनअन्तर्गत गरिएको हो। वास्तविक रेन्ज ड्राइभिङ शैली, सडक अवस्था तथा अन्य कारणहरूले फरक पर्न सक्ने कम्पनीले जनाएको छ।

उन्नत प्रविधि र आधुनिक सुविधाको मिलन

कमेट ईभीमा १०.२५” को डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) को सुविधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ। साथै, स्मार्ट कीको सुविधासमेत दिएको यस ईभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ।

सुरक्षामा कुनै सम्झौता छैन
एमजी कमेट ईभीमा विभिन्न सुरक्षा फिचरहरू उपलब्ध छन्, जस्तै:

डुअल फ्रन्ट एअरब्याग

एबिएस र इबिडी

अगाडिको र पछाडिको ३-पोइन्ट सिटबेल्ट

रियर पार्किङ क्यामेरा र सेन्सर

टिपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम - इनडाइरेक्ट)

आईएसओफिक्स चाइल्ड सिट एन्कर

गाडीको स्ट्रक्चरमा १७ वटा हट-स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ, जसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्छ।

वारेन्टी र सेवा
ईभी ब्याट्रीमा ८ वर्ष तथा एक लाख २० हजार किमीको वारेन्टी

हाई-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष तथा १ लाख किमी वारेन्टी

नेपालभर ईभी पूर्वाधारको विस्तार गर्दै एमजी

एमजीका सेवा केन्द्रहरू काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, विराटनगर, बिर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढीजस्ता नेपालका प्रमुख क्षेत्रहरुमा उपलब्ध छन्। चार्जिङ स्टेसनहरू काठमाडौं, बिर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ २८ २०८२१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend