काठमाडौं- फर्जी बैंक ग्यारेन्टी र क्रेडिट लाइस पेस गरेर पेस्की रकम लिने निर्माण व्यवसायीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ।
डिभिजन सडक कार्यालय सुर्खेतका दुईवटा ठेक्कामा फर्जी दस्तावेज पेस गरेर पेस्की लिने ठेकेदारमाथि अख्तियारले छानवीन थालेको हो।
छानवीनको क्रममा तीनजना निर्माण व्यवसायीलाई १५ दिनभित्र आउन सार्वजनिक सूचना जारी गरेको छ। अख्तियारले छानवीनका क्रममा टौदह कन्स्ट्रक्सन, वीटी निर्माण सेवा, धर्मेन्द्र निर्माण सेवाका सञ्चालकहरुलाई बोलाएको छ।