बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

नागरिक उड्डयन प्राधिकरणको डीजीबाट अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १ २०७८
images
images
नागरिक उड्डयन प्राधिकरणको डीजीबाट अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश 

सरकारको सो निर्णयका विरुद्ध क्षेत्री आफूलाई चार वर्षका लागि महानिर्देशक  नियुक्त गरिएकाले आफै महानिर्देशक हुनुपर्ने दाबीसहित अदालत गएका थिए। 

images
images

काठमाडौं- सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिरकणको महानिर्देशकबाट राजकुमार क्षेत्रीलाई अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। 

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्मचारीका रुपमा महानिर्देशक नियुक्त गरिएको र कर्मचारीको रुपबाट ५८ वर्ष उमेर हदका कारण अवकाशमा गएको भन्दै क्षेत्रीलाई सरकारले अवकाश दिएको थियो। 

images

सरकारको सो निर्णयका विरुद्ध क्षेत्री आफूलाई चार वर्षका लागि महानिर्देशक  नियुक्त गरिएकाले आफै महानिर्देशक हुनुपर्ने दाबीसहित अदालत गएका थिए। 

images
images

उनको रिटमा न्यायाधीस बमकुमार श्रेष्ठको एकल इजलासले अन्तरिम आदेशका लागि फागुन ९ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। ९ गतेको छलफलपछि अन्तरिम आदेश दिने वा नदिने बारे निर्क्यौल हुने छ। 

images
images

क्षेत्रलाई महानिर्देशकबाट अवकाशको निर्णय कार्यान्वयन नगर्न भनेपछि सरकारले महानिर्देशकमा नियुक्त गरेका प्रदीप अधिकारीले फागुन ९ गतेसम्मका लागि महानिर्देशकका रुपमा काम कारबाही गर्न पाउने छैनन्। 

images

प्रकाशित : आइतबार, फागुन १ २०७८११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend