सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार उपसमिति गठन हुने

मंगलबार, जेठ २७ २०८२
रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार उपसमिति गठन हुने

उपसमितिमा पूर्वबैंकर भुवन दाहाल सदस्य र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने बताइएको छ।

काठमाडौं- आगामी मौद्रिक नीतिमार्फत समग्र बैंकिङ क्षेत्र सुधार गर्नका लागि नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको नेतृत्वमा बैंकिङ क्षेत्र सुधार उपसमिति गठन हुने भएको छ। राष्ट्र बैंक सञ्चालक समिति बैठकमा गभर्नर विश्वनाथ पौडेलले सुधार उपसमिति बनाउने प्रस्ताव अगाडि सारेका हुन्।

कार्कीको संयोजकत्वमा बन्न लागेको उपसमितिमा पूर्वबैंकर भुवन दाहाल सदस्य रहने छन् भने बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने बताइएको छ।

गभर्नर पौडेलले सुधार समिति गठनको प्रस्ताव अगाडि सारे पनि सो निर्णय माइन्युट भने भएको छैन। यस विषयमा गभर्नर पौडेलले रेवतबहादुर कार्कीसँग छलफल गरिसकेको बताइएको छ। उनले उपसमितिमा बस्ने सहमति जनाएसँगै पौडेलले राष्ट्र बैंक सञ्चालक समितिमा प्रस्ताव अगाडि सारेका थिए।

आगामी मौद्रिक नीतिमा सुझाव दिनेगरी ३० भित्र सुझाव बुझाउने गरी उक्त उपसमिति गठन हुने राष्ट्र बैंक स्रोतले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको पछिल्लो समस्या र तिनको समाधानको उपायहरु समेटेर उपसमितिले सुझाव प्रस्तुत गर्ने र सोही आधारमा मौद्रिक नीतिमार्फत सुधारको उपाय अगाडि सार्ने भन्दै उपसमिति गठन गर्न लागिएको स्रोतको दाबी छ।


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend