सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

अर्थतन्त्रले लिन थाल्यो गति, चालु पुँजी कर्जा १७.५ प्रतिशतले बढ्यो, आयात कर्जामा ५८.१ प्रतिशतको वृद्धि

बुधबार, जेठ २८ २०८२
अर्थतन्त्रले लिन थाल्यो गति, चालु पुँजी कर्जा १७.५ प्रतिशतले बढ्यो, आयात कर्जामा ५८.१ प्रतिशतको वृद्धि

विगत तीन वर्षदेखि शिथिल रहेको अर्थतन्त्रले विस्तारै गति लिन थालेको छ। चालु आर्थिक वर्षको १० महिनामा ३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। यस अवधिमा निजी क्षेत्रतर्फतर्फ कर्जा करिब ८.१ प्रतिशतले बढेको छ।

काठमाडौं- विगत तीन वर्षदेखि शिथिल रहेको अर्थतन्त्रले विस्तारै गति लिन थालेको छ। चालु आर्थिक वर्षको १० महिनामा ३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। यस अवधिमा निजी क्षेत्रतर्फतर्फ कर्जा करिब ८.१ प्रतिशतले बढेको छ।

सरकारले चालु आर्थिक वर्ष १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेपनि लक्ष्यअनुसार भने कर्जा प्रवाह बढ्न सकेको छैन। 

बैंकिङ प्रणालीमा तरलता सहज भएपनि खराब कर्जामा भएको वृद्धि, कर्जा नोक्सानी व्यवस्था र पुँजीकोषमा देखिएको दबाबले गर्दा कर्जा लगानी बढ्न सकेको छैन। 

यद्यपी चालु आर्थिक वर्षको १० महिनामा चालु पुँजी कर्जा १७.५ प्रतिशतले बढेको छ। यस अवधिसम्ममा करिब ८५ अर्ब २६ करोड रुपैयाँ चालु पुँजी कर्जा लगानी भएको छ। गएको बैशाख महिनामा मात्रै यस्तो कर्जा १२ अर्ब ७१ करोड लगानी भएको छ। 

विगत दुई वर्षसम्म ऋणात्मक रहेको आयात यस वर्षबाट सकारात्मक हुन थालेको छ। आयात सकारात्मक हुन थालेसँगै बैंकहरुको आयात कर्जा उच्च वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको १० महिनासम्ममा आयात कर्जा ५८.१ प्रतिशतले बढेको छ। यस अवधिमा १ खर्ब ३१ अर्ब रुपैयाँ आयात कर्जा प्रवाह भएको छ। 

यस्तै यस अवधिमा आवधिक कर्जा ५.१ प्रतिशत, २ करोडसम्मको आवासीय कर्जा ५.४ प्रतिशत, रियल स्टेट कर्जा ५ प्रतिशत, सेयर कर्जा ३९.३ प्रतिशत र हायरपर्चेज कर्जा ४.१ प्रतिशतले बढेको छ। व्यक्तिगततर्फको हायरपर्चेज कर्जा भने १४.९ प्रतिशतले बढेको छ। 


प्रकाशित : बुधबार, जेठ २८ २०८२०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend