आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

जापानमा रहेका नेपालीले त्यहीँबाट नबिल बैंकका सबै बैंकिङ सेवासुविधा लिन सक्ने

images
मंगलबार, जेठ २७ २०८२
images
images
जापानमा रहेका नेपालीले त्यहीँबाट नबिल बैंकका सबै बैंकिङ सेवासुविधा लिन सक्ने

नेपालीलाई लक्षित नबिल बैंकको सेवा जापानमा, मोबाइल बैंकिङदेखि रेमिट्यान्ससम्मका सुविधा

images

काठमाडौं- नबिल बैंकले जापानमा रहेका नेपालीलाई मध्यनजर गर्दै विशेष बैंकिङ सेवा सुरु गरेको छ। नबिल बैंकबाट सेवा लिनका लागि नेपाल आउनुपर्ने बाध्यता हटेको छ।

images
images

जापानका रहेका नेपालीले अनलाइनबाट नै नयाँ खाता खोल्न पाउने भएका छन्। यसैगरी रेमिट्यान्स सेवा र मोबाइल बैंकिङ सेवासमेत जापानबाट नै लिन सकिने भएको बैंकले जनाएको छ। 

images
images

बैंकले जापानबाट नै सबै प्रकारको मोबाइल कारोबारदेखि वालेट पेमेन्ट सेवासमेत सुरु गरेको छ। यसैगरी बैंकले जापानबाट नै फण्ड ट्रान्सफर सेवासमेत लिनसक्ने व्यवस्था गरेको छ।

images
images
images
nabil b.jpg

जापानमै बसेर सबैप्रकारको सरकारी सेवाको पेमेन्टदेखि नेपालको खरिद बिक्रीमा समेत रकम भुक्तानी गर्नसक्ने सेवा बैंकले सुरु गरेको हो। जापानमै बसेर नेपालमा रहेका सन्तानको स्कुल फिसमेत तिर्न सकिने बैंकले जनाएको छ। 

यसैगरी बीमाको प्रिमियमको भुक्तानी जापानबाट गर्ने सकिने बनाएको बैंकले जनाएको छ। साथै लामो समयदेखि कारोबार नगरेर ब्लक भएको एकाउन्ट पुन: सुरु गर्नेदेखि केवाइसीसमेत जापानमै बसी अपडेट गर्न सकिने व्यवस्था सुरु गरेको बैंकको भनाइ छ। 

यसैगरी एसबीआई रेमिटमार्फत नेपालको जुनसुकै बैंकमा रकम पठाउन सकिने भएको छ। साथै बैंकले सेयर बजारमा चासो राख्ने र सेयर खरिद बिक्री गर्नेहरुका लागि जापानमै बसी बसी डिम्याट तथा मेरो सेयरको खातासमेत खोल्न सकिने व्यवस्था गरेको छ। 

लगानीमा लागि इच्छुक हुनेहरुका लागि नबिल इन्भेष्टमेन्ट सेवासमेत जापानबाट लिन पाउने गरी बैंकले सेवा सुरु गरेको छ। लोन व्यवस्थापनको कामसमेत जापानमै बसेर गर्न सकिने छ। साथै घर तथा जग्गा खरिदका लागिसमेत जापानमै बसीबसी लोन लिन सक्ने व्यवस्था बैंकले गरेको छ।

nabil c.jpg

साथै रेमिट्यान्स रकम सिधै वालेटमा पठाउन सकिने तथा नगदसमेत छिटो, छरितो र सहज रुपमा हुने व्यवस्था गरेको बैंकले जनाएको छ। बैंकले कुनै विषयमा जानकारी लिन परेमा प्रतिनिधिसमेत तोकेको छ। जापानबाट लिने सेवाका लागि कुनै नयाँ सर्भिस चार्ज नलाग्नेसमेत बैंकको दाबी छ। नेपालबाट सेवा लिँदा जेजति सेवा शुल्क लाग्ने गरेको छ त्यही शुल्कमा नै जापानबाट सेवा लिन सकिने बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुमा नबिल बैंक एक सफल बैंकसमेत हो। बैंकले आफ्नो सेवाहरुलाई समय सापेक्षित सुधार गर्दै सेवा दिँदै आएको छ। 

चालु आवको ९ महिनामै बैंकले ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ। वाणिज्य बैंकहरुले गरेको नाफामा नबिल बैंक अग्रणी स्थानमा छ। ९ महिनामा नबिल बैंकको खुद नाफा ८.२१ प्रतिशतले बढेको थियो। बैंकले कर्जा नोक्सानी खर्च घटाएकाले नाफामा वृद्धि गरेको छ। 

बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको ९ महिनाकै अवधिको तुलनामा बैंकले आफ्नो वितरणयोग्य नाफा बढाएको छ।


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend