शनिबार, असोज ५ गते २०८१    
images
images

सुरक्षण मुद्रण केन्द्रले फेरि दियो म्याक्सलाई १९ करोडको ठेक्का 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १ २०७८
images
images
सुरक्षण मुद्रण केन्द्रले फेरि दियो म्याक्सलाई १९ करोडको ठेक्का 

म्याक्स इन्टरनेसनलले यसअघि ७४ करोडको ठेक्का केन्द्रबाटै पाएको थियो। सेक्युरिटी प्रेस स्थापना गर्ने जिम्मा यसैले पाएको थियो। 

images
images

काठमाडौं-  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले  फेरि १९ करोडको ठेक्का म्याक्स इन्टरनेसनललाई दिएको छ। केन्द्रले म्याक्सलाई डिजिटल नम्बरिङ, काउन्टिङ मेसिन जडान तथा आपूर्तिको काम गर्न म्याक्स इन्टरनेसनललाई जिम्मा दिने भएको छ। 

images
images
images

१९ करोड ८३ लाख ९५ लाख रुपैयाँमा काम गर्नका लागि केन्द्र म्याक्सलाई ठेक्का दिने निर्णय गरेको हो। केन्द्रले अधिकांश ठूलो रकमका ठेक्का म्याक्सलाई दिँदै आएको छ। 

म्याक्स इन्टरनेसनलले यसअघि ७४ करोडको ठेक्का केन्द्रबाटै पाएको थियो। सेक्युरिटी प्रेस स्थापना गर्ने जिम्मा यसैले पाएको थियो। 

म्याक्सले यसअघि मिलेमतोमै ३ अर्ब ४७ करोड ६९ लाखको ठेक्का पाएको थियो। एक हजार विद्यालयमा आईटील्याब स्थापना गर्नका लागि म्याक्ससहितको कम्पनीले ठेक्का पाएको थियो। 

images

आईटी ल्याब स्थापनामा यो कम्पनीले ठेक्का लिए पनि गुणस्तरीय काम गरेको थिएन। यद्यपि राजनीतिक संरक्षणका कारणले सबै भुक्तानी लिन भने सफल भएको थियो। 

 


प्रकाशित : आइतबार, फागुन १ २०७८११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend