सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सेयर बजारमा २५ अंकको वृद्धि, १० अर्बमाथिको कारोबार

मंगलबार, जेठ २७ २०८२
सेयर बजारमा २५ अंकको वृद्धि, १० अर्बमाथिको कारोबार

१९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- उतारचढावबीच लगातारजसो घटिरहेको सेयर बजारमा यो साताको दुई कारोबार भने सुखद् देखिएको छ।

लगानीकर्ताहरु विश्वस्त हुन नसक्दा निरन्तर ओरालोतर्फ लागिरहरेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालो नै लागेको थियो। दोस्रो कारोबारमा भने सोमबार २३ अंकले बढेको बजार मंगलबार पनि २५.०७ अंकले बढेर २६७८.१७ बिन्दुमा आइपुगेको छ।

मंगलबार १९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रूपैयाँको कारोबार भएको छ। आज ५२ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

यो साता आइतबार ११.०६ अंकले घटेर २६२९.८९ बिन्दुमा झरेको बजार सोमबार भने २३.१९ अंकको वृद्धिका साथ २६५३.०९ बिन्दुमा उक्लिएको थियो। सोमबार बजारमा ८ अर्ब ६८ करोडको कारोबार भएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्।

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend