बुधबार, जेठ २८ गते २०८२    
बुधबार, जेठ २८ २०८२
images
images

१० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा लगानी, कर्जाको औसत ब्याजदर ८.११ प्रतिशतमा आयो

images
मंगलबार, जेठ २७ २०८२
images
images
१० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा लगानी, कर्जाको औसत ब्याजदर ८.११ प्रतिशतमा आयो

गत आर्थिक वर्षको तुलनामा कर्जा लगानीमा सुधार देखिए पनि बैंकिङ प्रणालीमा करिब ८ खर्ब अधिक लगानीयोग्य रकम रहेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा निजी क्षेत्रतर्फ ३ खर्ब ६८ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको छ। गत वर्षको यसै अवधिको तुलनामा कर्जा प्रवाह ८.४ प्रतिशतले बढेको छ।

images
images
images

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत १२.५ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य राखे पनि गत वर्षको तुलनामा भने १ खर्ब ४३ अर्ब रूपैयाँले कर्जा लगानी बढेको हो। गत वर्षको यसै अवधिमा २ खर्ब २५ अर्ब रूपैयाँ कर्जा लगानी भएको थियो।

images
images

गत आर्थिक वर्षको तुलनामा कर्जा लगानीमा सुधार देखिए पनि बैंकिङ प्रणालीमा करिब ८ खर्ब अधिक लगानीयोग्य रकम रहेको छ। राष्ट्र बैंकमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुको ४ खर्ब ५० अर्बभन्दा बढी अधिक तरलता रहेको छ।

images
images
images

यस अवधिमा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.५७ प्रतिशतमा आएको छ भने अन्तर बैंक ब्याजदर २.५७ प्रतिशतमा आएको छ। रेमिट्यान्समा भइरहेको वृद्धि र आर्थिक वर्ष सकिन लागेसँगै सरकारले खर्च बढाउन थालेकाले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढेको हो।

असारमा आएर बैंकहरुको कर्जा प्रवाहसमेत नबढ्ने भएकाले प्रणालीमा अधिक तरलता थपिएको हो। बैकिङ प्रणालीमा अधिक तरलता भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जा दुवैको ब्याजदरमा ऐतिहासिक गिरावट देखिएको छ।

वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर हालसम्मकै न्यूनतम बिन्दु ८.११ प्रतिशतमा आएको छ। यस्तै विकास बैंकहरुको कर्जाको औसत ब्याजदर ९.४५ प्रतिशत र वित्त कम्पनीहरुको १०.३१ प्रतिशतमा आएको छ।

यस अवधिमा वाणिज्य बैंकहरुको आधारदर ६.१७ प्रतिशत, विकास बैंकहरुको ८.२४ प्रतिशत र वित्त कम्पनीहरुको ९.११ प्रतिशतमा आएको छ। समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.३७ प्रतिशत, विकास बैंकहरुको ५.११ प्रतिशत र वित्त कम्पनीहरुको ६.१५ प्रतिशतमा आएको छ।


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend